मंगलवार, फाल्गुन १९,२०८२ 04:55:36
Bizshala
  • मंगलवार, फाल्गुन १९,२०८२ 04:55:36
Bizshala
Global IME Bank Limited

लाभांश पारित गर्न साना किसान विकास लघुवित्तले डाक्यो साधारण सभा

लाभांश पारित गर्न साना किसान विकास लघुवित्तले डाक्यो साधारण सभा
Shivam Cement

काठमाण्ठौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी पुस २५ गते साधारण सभा आयोजना गर्ने भएको छ । मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको २४ औं वार्षिक साधारण सभा डाकेको हो ।

उक्त सभा आगामी पुस २५ गते काठमाण्डौको बबरमहलमा रहेको कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

सभामा गत आवका लागि प्रस्तावित १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यस्तै संस्थाको अधिकृत पूँजी ५ अर्बलाई वृद्धि गरी ८ अर्ब कायम गर्ने र सोही बमोजिम संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

सभामा गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८१÷८२ को वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका विवरणहरुमाथि छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु समेत पारित गरिनेछ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि संस्थाले पुस ९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन र लाभांश पाउनका लागि योग्य हुनेछन् । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.