काठमाण्डौ । नेपाल हाईड्रो डेभलोपर लिमिटेडले साधारण सभा डाकेको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा भएको लाभांश पारित गर्ने विशेष प्रस्तावसहित १९ औं साधारण सभा डाकेको हो ।
उक्त सभा आगामी पुस २३ गते काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा गत आवको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ९ प्रतिशत बोनस सेयर र ०.४७ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि गरी कुल ९.४७ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
सभामा गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८१/८२ को वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका विवरणहरुमाथि छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस ७ गते बुक क्लोज गर्ने निर्णय समेत गरेको छ । यसर्थ पुस ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

