काठमाण्डौ । अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेड मर्जरमा जाने भएको छ । कम्पनीले मर्जरसम्बन्धी निर्णय लिनका लागि ३ सदस्यीय समिति गठन गरेको छ ।
मंसिर २९ गते बसेको कम्पनीको ६६ औं सञ्चालक समितिको बैठकले ३ सदस्यीय समिति गठन गरेको हो । जसमा दिपेश पोते श्रेष्ठ संयोजक रहेका छन् भने बिर बहादुर घले र दिपिका ज्ञवाली सदस्य रहेका छन् ।
कम्पनीको नवौं वार्षिक साधारण सभाले मर्जरमा जाने विशेष प्रस्ताव पारित गरेको थियो ।

