Bizshala
  • मंगलवार, पुष १५,२०८२ 12:56:55
Bizshala
Global IME Bank Limited

नोबेल कलेज अफ हेल्थले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ

Hyundai Nepal
नोबेल कलेज अफ हेल्थले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ
Shivam Cement

काठमाण्डौ । नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब ५० करोड रुपैयाँको २८.५७ प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने तयारी गरेको हो ।

उक्त सेयर निष्कासन कार्यका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  

संस्थापक समूह अन्तर्गत करिब ७१.४३ प्रतिशत सेयर कायम रहने कम्पनीले जनाएको छ । फ्रन्टलाइन ब्राण्डको नामबाट काठमाण्डौको पुरानो बानेश्वरमा संचालित यस अस्पतालको हालको क्षमता १०० शैया रहेको छ भने यो अस्पतालले विश्वस्तरीय चिकित्सा सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । थप सेवा विस्तारको लागि, निर्माणको चरणमा रहेको थप २०० शैया क्षमताको जनरल र क्यान्सर रोगलाई मध्यनजर गरि बनाइने अस्पतालका लागि थप पूँजीको आवश्यकता पर्ने भएकोले कम्पनीले सार्वजनिक निष्काशनमा जान लागेको कम्पनीका अध्यक्ष नवराज पाण्डेले जानकारी दिए ।

CG Motors
Bizshala
Garima Development Bank

अस्पतालले हाल स्नातक तहका विद्यार्थीहरुलाई लक्षित गरी नसिंङ तथा फार्मेसी लगाएतका शैक्षिक गतिविधीहरु पनि संचालन गर्दै आइरहेको कम्पनीले जनाएको छ ।  

New Office
Laxmi Sunrise Bank Limited
IME remit

चिकित्सा सेवा र विभिन्न शैक्षिक कार्यक्रम प्रदान गर्दै आएको  यस नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडको स्थापना विसं २०६२ पुस १९ गते भएको थियो र हाल यसको वार्षिक कारोवार ५० करोड भन्दा माथि रहेको जानकारी कम्पनीले जनाएको छ । साथै हाल यस संस्थामा २०० भन्दा बढी कर्मचारीहरु कार्यरत रहेको कम्पनीले जनाएको छ ।

आज भएको सो सम्झौतामा नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशनको तर्फबाट कम्पनीका अध्यक्ष नवराज पाण्डे तथा नबिल इन्भेष्टमेण्ट बैंकिङ्गका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए ।

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.