शुक्रबार, फाल्गुन १५,२०८२ 09:23:20
Bizshala
  • शुक्रबार, फाल्गुन १५,२०८२ 09:23:20
Bizshala
Global IME Bank Limited

प्रभु क्यापिटलद्वारा सञ्चालित खुलामुखी योजनाको उत्कृष्ट प्रदर्शन, सेयरबजारमा लगानी बढाउँदै

प्रभु क्यापिटलद्वारा सञ्चालित खुलामुखी योजनाको उत्कृष्ट प्रदर्शन, सेयरबजारमा लगानी बढाउँदै
Shivam Cement

काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडको प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ले सेयरबजारमा पौने २८ करोड रुपैयाँ लगानी गरेको छ । यो योजनाले मंसिर महिनामा सेयरबजारमा कुल २७ करोड ८३ लाख रुपैयाँ लगानी गरेको हो ।

यो लगानी अघिल्लो महिनाको तुलनामा ३.१७ प्रतिशत बढी हो । कात्तिकमा यो योजनाले २६ करोड ९७ लाख ५१ हजार रुपैयाँ लगानी गरेको थियो ।

प्रभु क्यापिटलको यो पहिलो खुलामुखी योजना हो । क्यापिटलले केही महिनाअघि मात्रै यो योजना सार्वजनिक निष्कासन गरेको थियो । यो योजनाले बजारको उतारचढावबाट जोगाउन र दीर्घकालिन रुपमा प्रतिफल आर्जन गरी आफ्ना इकाईधनीहरुलाई दीर्घरुपमा प्रतिफल बाँड्नका लागि लगानी विस्तार गरेको छ ।

यो खुलामुखी योजनाले सार्वजनिक निष्कासन, हकप्रद र बोनस सेयरमा कुल १ करोड ४७ लाख १६ हजार रुपैयाँ लगानी गरेको छ । यो रकम अघिल्लो महिनाको तुलनामा ५५२.७५ प्रतिशत बढी हो । कात्तिमा यो योजनाको सार्वजनिक निष्कासन, हकप्रद र बोनस सेयरमा रहेको कुल लगानी २२ लाख ५४ हजार रुपैयाँ थियो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

साथै, योजनाको सो अवधिसम्म बैंक मौज्दात रकम १० करोड १९ लाख ७५ हजार रुपैयाँ छ । जुन अघिल्लो महिनाको तुलनामा ३.५४ प्रतिशत बढी हो । अघिल्लो महिनामा यो योजनाको बैंक मौज्दात ९ करोड ८४ लाख ४५ हजार रुपैयाँ थियो ।

मंसिर महिनामा यो योजना ७३ लाख ४८ हजार रुपैयाँ घाटामा देखिएको छ । अघिल्लो महिनामा यो फण्ड १ करोड ३९ लाख २० हजार रुपैयाँ घाटामा देखिएको थियो । योजनाले सेयरबजारमा केही सुधार देखिँदा आफ्नो घाटा कम गरेको छ ।

यसकारण मंसिरमा फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) ९.८६ रुपैयाँ पुगेको छ । कात्तिकमा यो योजनाको न्याभ ९.७० रुपैयाँ थियो । सो अवधिसम्म प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको खुद सम्पत्ति ३९ करोड ३९ लाख ७७ हजार रुपैयाँ रहेको छ ।

प्रभु क्यापिटको यो खुलामुखी योजनाको प्रदर्शन उत्कृष्ट देखिएको छ । योजनाको व्यवस्थापक तथा डिपोजिटरीले इकाईधनीहरुलाई उत्कृष्ट प्रतिफल दिनका लागि लगानी विस्तार गरेको देखिएको छ ।

यो योजनाले सूचीकृत नभएका सेयर तथा डिबेञ्चरमा कुल एक करोड ४७ लाख १६ हजार रुपैयाँ लगानी गरेको छ भने सूचीकृत भएका सेयरमा २७ करोड ८३ लाख ३ हजार रुपैयाँ लगानी गरेको छ । यसरी सूचीकृत भएका र नभएका धितोपत्रमा मात्रै यो योजनाले २८ करोड ३० लाख रुपैयाँ लगानी गरेको देखिएको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

क्यापिटलले केही समयपछि सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान ९एसआइपी० पनि सञ्चालन गर्नेछ । यदि कुनै लगानीकर्ता यस्ता खुलामुखी योजनाको सार्वजनिक निष्कासनको अवधिमा लगानी गर्न छुटेमा पनि अहिले क्यापिटलहरुले एसआईपी ल्याएका हुन्छन् । जसमार्फत लगानीकर्ताहरुले ढुक्कसँग यस्ता खुलामुखी योजना लगानी गर्न सक्नेछन् ।  

एसआइपी भनेको एउटा निश्चित समयसम्म नियमित रुपमा लगानी गर्ने योजना वा माध्यम हो । न्यूनतम एक हजार रुपैयाँबाट नै यस योजनामा आबद्ध हुन सकिनेछ । एसआइपीबापतको रकम मासिक, त्रैमासिक वा वार्षिक रुपमा भुक्तानी गर्न मिल्नेछ । साधारण व्यक्ति, कृषक, विद्यार्थी र गृहणीसम्मलाई यो योजना प्रभावकारी हुने प्रभु क्यापिटलले जनाएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.