काठमाण्डौ । दिगो ग्रुप अफ इन्डस्ट्रीजअन्तर्गत सञ्चालित दिगो e-Stop ले आज कुरिनटारमा विश्वप्रसिद्ध रेस्टुरेन्ट चेन KFC को नयाँ आउटलेट औपचारिक रूपमा उद्घाटन गरेको छ।उद्घाटनको अवसरमा ग्राहकहरूका लागि सीमित समयका लागि २५% विशेष छुट उपलब्ध गराइएको छ, जसले राजमार्गमा यात्रा गर्ने यात्रु तथा स्थानीय समुदायका लागि भोजन र विश्रामको अनुभवलाई अझ सहज र आकर्षक बनाउने अपेक्षा गरिएको छ।
यो उद्घाटन दिगो e-Stop को यात्रु–केन्द्रित तथा जीवनशैली–मैत्री दृष्टिकोणलाई थप सुदृढ बनाउने एक महत्वपूर्ण कदम हो। अब दिगो e-Stop कुरिनटारमा पुग्ने यात्रुहरूले आफ्ना निजी वा व्यवसायिक सवारी साधन चार्ज गर्दै, विश्वभर रुचाइने KFC को स्वादको आनन्द लिन सक्नेछन्। यसले यात्रालाई आरामदायी मात्र नभई अझ स्मरणीय बनाउने विश्वास लिइएको छ।
‘दिगो e-Stop मा हाम्रो उद्देश्य सधैं यात्रुहरूका लागि दीगो, सहज र गुणस्तरीय अनुभव प्रदान गर्नु हो,’ दिगो ग्रुप अफ इंडस्ट्रीजका Group CEO सौरभ श्रेष्ठले भने ‘कुरिनटारमा KFC को उद्घाटनसँगै हामी यात्रुहरूलाई सुविधा, विकल्प र विश्वस्तरीय स्वाद एउटै स्थानमा उपलब्ध गराउने दिशामा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेका छौं।’
दिगो e-Stop कुरिनटारले निजी तथा व्यवसायिक EV का लागि फास्ट चार्जिङ सुविधा, स्वच्छ सार्वजनिक शौचालय, परिवारमैत्री वातावरण, विश्रामस्थल तथा गुणस्तरीय भोजन सेवाहरू उपलब्ध गराउँदै आएको जनाएको छ।

