Bizshala
  • बुधबार, पुष २३,२०८२ 06:19:52
Bizshala
Global IME Bank Limited

ट्रक यातायात व्यवसायी महासंघको साधारणसभा र महाधिवेशन पुस २६ र २७ गते हुने

Hyundai Nepal
ट्रक यातायात व्यवसायी महासंघको साधारणसभा र महाधिवेशन पुस २६ र २७ गते हुने
Shivam Cement

काठमाण्डौ । नेपाल ट्रक यातायात व्यवसायी महासंघको १७औँ वार्षिक साधारणसभा तथा आठौँ महाधिवेशन आगामी पुस २६ र २७ गते ललितपुरमा आयोजना हुने भएको छ।

महासंघको गत मंसिर १४ गते बसेको कार्यसमितिको निर्णयअनुसार साधारणसभा तथा महाधिवेशन धोबिघाटस्थित सिद्धार्थ कटेज रेष्टुरामा हुने महासंघले जनाएको छ। कार्यक्रम दुवै दिन बिहान ८ बजेबाट सुरु हुनेछ।

CG Motors
Bizshala
Garima Development Bank

महासंघले उक्त कार्यक्रममा महासंघका पदाधिकारी, प्रतिनिधि तथा सम्बन्धित सबै सदस्यहरूको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गरेको छ। साधारणसभा तथा महाधिवेशनमार्फत संगठनको हालसम्मको गतिविधि समीक्षा गर्नुका साथै भावी कार्ययोजना र नेतृत्व चयनसम्बन्धी विषयमा छलफल हुने महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले जानकारी दिए ।

New Office
Laxmi Sunrise Bank Limited
IME remit

यसैबिच महासंघको कार्यसमितिको अर्को बैठक पुस २५ गते बिहान ८ बजे महासंघको कार्यकक्षमा बस्ने जानकारी पनि दिइएको छ। उक्त बैठकमा महाधिवेशनको तयारी र समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

साधारणसभा तथा महाधिवेशनलाई सफल बनाउन सबैको उपस्थितिका लागि महासंघले अनुरोध गरेको  छ।

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.