काठमाण्डौ । गुगलले आफ्नो ईमेल प्लेटफर्म जीमेलमा नयाँ एआई फीचरहरू ‘एआई इनबक्स’ र ‘एआई ओभरभ्यू’ थपेको छ। अब तपाईंको जीमेल इनबक्सकेवल ईमेल रिसिभगर्ने ठाउँ मात्र नभई, तपाईंको व्यक्तिगत सहायक जस्तो काम गरेर कुन ईमेल बढी महत्वपूर्ण छ भनेर पनि सिफारिस गर्नेछ।
गुगलका अनुसार, नयाँ इनबक्स जेमिनी ३ को ‘रिजनिङ’ पावरमा आधारित हुनेछ। यसले ईमेलहरूलाई समयक्रमअनुसार देखाउनेको सट्टा, सन्दर्भअनुसार महत्वपूर्ण कार्यहरू सुझाव दिनेछ।
अब तपाईंले पुरानाईमेलहरू खोज्न कीवर्डटाइप गर्नु पर्दैन।तपाईं साधारण भाषामा सर्च बक्समा प्रश्न सोध्न सक्नुहुन्छ ।
जेमिनीको ‘रिजनिङ’ पावरले पुराना ईमेलहरू विश्लेषण गरेर सहीउत्तर तुरुन्त दिनेछ। हाल यो सुविधा केवल गुगल प्रोर अल्ट्रा सब्सक्राइबरहरूका लागि उपलब्ध छ।
धेरैले एउटै ईमेल थ्रेडमा कुरा गर्ने भएकाले पुरानो सन्देश भेट्न कठिन हुन्छ।अब ‘एआई ओभरभ्यू लामो कुराकानीलाई छोटकरीमा महत्वपूर्ण बुँदामा प्रस्तुत गर्नेछ।
एआई इनबक्सले ईमेललाई समयअनुसार होइन, आवश्यकताको आधारमा प्राथमिकता दिनेछ।यसले महत्वपूर्ण सन्देश, आउँदो डेडलाइन, बिलर अपोइन्टमेन्ट रिमाइन्डरहरूमाथि देखाउनेछ। गुगलले यसलाई पूर्ण रूपमा सुरक्षित भएको दाबी गरेको छ।
जीमेलको ‘हेल्प मी राइट’सुविधा अब सबै प्रयोगकर्ताका लागि निःशुल्क उपलब्ध छ। स्मार्ट रिप्लाइलाई अपग्रेड गरी ‘सजेस्टेड रिप्लाइ’ बनाइएको छ, जसले तपाईंको लेख्नेशैली र सन्दर्भअनुसार जवाफ सुझाव दिनेछ।
प्रीमियम प्रयोगकर्ताका लागि एड्भान्स्ड सुविधा केहि विशेष टूलहरूभने अझै प्रीमियम प्रयोगकर्ताका लागि मात्र उपलब्ध छन्। जस्तै प्रूफरीड सुविधा, जसले व्याकरण, शैली र टोन सुधारको सुझाव दिन्छ, केवल गुगल एआई प्रोर अल्ट्रा सब्सक्राइबरलाई उपलब्धछ।

