शनिबार, माघ २४,२०८२ 02:33:27
Bizshala
  • शनिबार, माघ २४,२०८२ 02:33:27
Bizshala
Global IME Bank Limited
Bizshala

भाटभटेनीका सञ्चालक मीनबहादुर भन्छन्-"नेपालको सबै नकारात्मकता भदौ २४ गते खरानी भो, अब समृद्ध देशको नागरिक भएर मात्र मर्ने हो"

भाटभटेनीका सञ्चालक मीनबहादुर भन्छन्-"नेपालको सबै नकारात्मकता भदौ २४ गते खरानी भो, अब समृद्ध देशको नागरिक भएर मात्र मर्ने हो"
Shivam Cement

काठमाण्डौ । भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले विश्व इतिहासमा असफलतापछिको ऐतिहासिक सफलता पाएका दुईवटा घटनाको उदाहरण दिंदै भाटभटेनी मात्र होइन, अब नेपाल नै जुरुक्कै उठ्ने र १५ वर्षभित्र सम्पन्न मुलुक भइसक्ने उद्घोष गरेका छन् ।  

गत भदौ २४ गतेको जेनजी आन्दोलनपछिको विध्वंशको सबैभन्दा ठूलो शिकार भई १२ वटा आउटलेट पूर्ण रुपमा ध्वस्तबाट अरबौं क्षति व्यहोरेको भाटभटेनी सुपरमार्केटको कोटेश्वरस्थित शाखा पुननिर्माणपछि पुनः सञ्चालन समारोहको उद्घाटन गर्दै अध्यक्ष गुरुङले अब भाटभटेनी मात्र नभई सिंगो देश उठ्ने र सबै मिलेर उठाउनुपर्नेमा जोड दिंदै सबैले प्रयास गरे अबको १५ वर्षभित्र नेपाल सम्पन्न मुलुक बन्ने दाबी गरेका हुन् । 

Bizshala
Garima Development Bank
New Office

'अब नेपाल राम्रो हुन्छ, हुनैपर्छ । खैर नेपालमा २०८२ भदौ २४ गते जुन दुर्घटना भयो, त्यसको ठूलो शिकार तथा भार भाटभटेनीले बोक्नुपर्यो । तर हामी हिम्मत हार्दैनौं, रोजगारी सिर्जना र मुलुकको विकासका लागि हामी कहिल्यै पछि हट्दैनौं ।' मीनबहादुरले भने-'भदौ २४ गते भाटभटेनीका १२ वटा शाखा(आउटलेट) पूर्ण रुपमा जलेर ध्वस्त भएको थियो । एउटा(कोटेश्वर) उठ्यो, अब क्रमशः अरु पनि उठ्छ । अब भाटभटेनी मात्र होइन, नेपाल उठ्छ । हामीसँग हिम्मत छ, क्षमता छ, हामी गर्छौं, हामी सक्छौं । वी क्यान डू ।'  

उनले मुलुक चाँडै सम्पन्न हुने दाबी गर्दै त्यसका लागि सबैले पोजिटिभिटी(सकारात्मक सोंच)लाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।  

'अब हामी सबैले नकारात्मकता त्याग्नुपर्छ । २०८२ भदौं २४ मा नेपालको जति पनि नेगेटिभिटी थियो, सबै त्यही दिन जल्यो । अब हामी मेहेनत गर्न मात्र सिक्छौं, कर्ममा मात्र फोकस हुन्छौं ।' उनले भने-'हिरोसिमा र नागासाकीमा १९४५ भएको विध्वंशपछि जापान संसारकै विकसित मुलुक बन्न सफल भयो । एउटा ध्वस्त प्राइभेट बिमानको इञ्जिन बनाउने कम्पनी खरानीबाट उठेर बिएमडब्ल्यूजस्तो लक्जरी कार बनाउने कम्पनी बन्यो भने हामीले किन नसक्ने ? हामीले पनि अब बिएमडब्ल्यूजस्तै प्रगति गर्छौ । १५ वर्षभित्र हामी सम्पन्न मुलुक बन्छौं । मैले मात्र होइन, अब हामी सबैले कर्म गरौं र सकारात्मक बनौं ।'

उनले अब आफूहरु मात्र नभई सिंगो देश उठ्ने र समृद्धिको गन्तव्य टाढा नभएको समेत जिकिर गरे । 'अब हामी सम्पन्न देशको नागरिक भएर मर्नेछौं । त्यसका लागि सबैले कडा मेहेनत गर्नेछौं । पोजिटिभ सोचौं, अरुका लागि बाँचौं ।'-उनले भने । 

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

उनले हजारौंलाई रोजगारी दिएको, वर्षेनी वस्तु व्यापारमा सबैभन्दा बढी कर तिर्दै आएको, दर्जनौं विपन्नका छोराछोरीलाई डाक्टर इञ्जिनियर पढाएको, ठूला ठूला दानको इतिहास बनाएको भाटभटेनीमाथि किन आक्रमण भयो, आफूले अझै पनि बुझ्न नसकेको प्रसंग समेत उल्लेख गरे । 'भाटभटेनीमा जुन आगजनी भयो, दुखद भयो । नहुनुपर्ने घटना भयो । तर मैले त्यस दिनको घटनालाई त्यही बिर्सिएँ । अब त्यसलाई कहिल्यै पनि कोट्याएर हेर्नेवाला छैन । हामीले हेर्नु पनि हुँदैन ।' उनले उच्च मनोबलसहित अगाडि भने-'सन् १९४५ मा नागासाकी र हिरोसिमामा बमबारी भएर ठूलो क्षति भएपछि जापान संसारकै विकसित मुलुक भयो । प्लेनको इञ्जिन बनाउने कम्पनीले पुरानो घटनालाई बिर्सिएर बिएमडब्ल्यू कारको रुपमा उदायो, विश्वभर प्रख्यात भयो । त्यसकारणलाई म फेरि पनि सबैलाई भन्छु २०८२ भदौ २४ को घटनालाई हामीले बिर्सिदियौं । मेरो प्रार्थना छ, हे भगवान अब उप्रान्त यस्तो नहोस् !'

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.