शुक्रबार, फाल्गुन १५,२०८२ 05:31:55
Bizshala
  • शुक्रबार, फाल्गुन १५,२०८२ 05:31:55
Bizshala
Global IME Bank Limited

माण्डु हाइड्रोपावरको नाफा बढेर १८.३० करोड पुग्यो, ईपीएस र आम्दानी समेत बढ्यो

माण्डु हाइड्रोपावरको नाफा बढेर १८.३० करोड पुग्यो, ईपीएस र आम्दानी समेत बढ्यो
Shivam Cement

काठमाण्डौ । माण्डु हाइड्रोपावर लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म १८ करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गत आवको तुलनामा १२.९६ प्रतिशतले बढी हो ।  

गत आवको दोस्रो त्रैमाससम्म कम्पनीले १६ करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको कुल आम्दानी ३९ करोड ६४ लाख रहेको छ । जुन अघिल्लो आवको दोस्रो त्रैमाससम्म ३५ करोड १३ लाखमा सीमित थियो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीको वित्त खर्च बढेको छ । अघिल्लो आवमा ८ करोड १४ लाख रहेको कम्पनीको वित्त खर्च बढेर ९ करोड ६० लाख पुगेको छ । यो अवधिमा कम्पनीको कर्मचारी खर्च १ करोड ३५ लाखबाट बढेर १ करोड ६२ लाख, सञ्चालन तथा मर्मत खर्च १ करोड ५० लाखबाट बढेर १ करोड ७४ लाख र प्रशासनिक खर्च ४१ लाख ६० हजारबाट बढेर ५२ लाख ४९ हजार पुगेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीको चुक्तापूँजी १ अर्ब ३६ करोड रुपैयाँ रहेकोमा रिटेन्ड अर्निङ र रिजर्भमा ५४ करोड ९७ लाख रुपैयाँ सञ्चित रहेको छ ।

कम्पनीको इपीएस ११.८९ रुपैयाँबाट बढेर १३.४३ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १५२.८२ रुपैयाँ र पीई रेसियो ३०.०५ गुणा रहेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.