IME remit
  • बिहीबार, कार्तिक १३,२०८२ 01:58:44
IME remit
Global IME Bank Limited

राष्ट्रिय जीवन बीमा कम्पनीद्वारा साधारण सभा आह्वान,यस्ता छन् मुख्य अजेण्डा

Hyundai Nepal
राष्ट्रिय जीवन बीमा कम्पनीद्वारा साधारण सभा आह्वान,यस्ता छन् मुख्य अजेण्डा
Shivam Cement

काठमाण्डौ । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान छ । कम्पनीको चैत १९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा आह्वान गरेको हो ।  

उक्त सभा आगामी वैशाख १४ गते काठमाण्डौ रामशाहपथमा रहेको कम्पनीको प्रधान कार्यालयमा दिउँसो ४ बजे आयोजना हुनेछ । उक्त सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको साबिकको राष्ट्रिय बीमा संस्थानको आर्थिक वर्ष २०६९/७०, २०७०/७१ र २०७१/७२ सम्मको वासलात, नाफा–नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु सहित अनुसूचीहरु माथि छलफल गरी  पारित गरिनेछ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

यस्तै सभामा आर्थिक वर्ष २०७६/७७, २०७७/७८ र २०७८/७९ को लेखापरीक्षण गर्न महालेखापरीक्षक कार्यालयको परामर्शमा सञ्चालक समितिबाट नियुक्त भएका बाह्य लेखापरीक्षकद्वय सुवास पौडेल र विजयसिंह पराजुलीको नियुक्ति र निजहरुको पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पारित गरिनेछ ।  

कम्पनीको नियमावलीको नियम (५१) मा भएको संक्रमणकालीन व्यवस्थाको उपनियम (१) मा साबिक राष्ट्रिय बीमा संस्थान कम्पनीमा परिणत भएपछि ६ महिनाभित्र पहिलो साधारणसभा सम्पन्न गर्नुपर्ने व्यवस्था रहेकाले सोही व्यवस्था बमोजिम साधारणसभा बोलाइएको कम्पनीले जनाएको छ।

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.