काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)का संचालक लिमा अधिकारी आचार्यले राजिनामा दिएकी छिन् ।
कम्पनीको संचालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधि अधिकारीले आफ्नो व्यक्तिगत कारण देखाई पदबाट राजिनामा दिएकी हुन् ।
उनको राजिनामा कम्पनीको चैत ३ गते बसेको संचालक समितिको बैठकले स्वीकृति गरी रिक्त रहेको पदमा अनिता रायमाझीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

