Bizshala
  • सोमबार, चैत्र १६,२०८२ 04:08:27
Bizshala
Global IME Bank Limited

माइतीघरमा आज ‘हाई-भोल्टेज’ दृश्य: महेश बस्नेत पक्राउ पर्ने सम्भावना

Hyundai Nepal
माइतीघरमा आज ‘हाई-भोल्टेज’ दृश्य: महेश बस्नेत पक्राउ पर्ने सम्भावना
Shivam Cement

काठमाण्डौ । प्रहरीको खोजी सूचीमा रहेका नेकपा एमालेका सचिव महेश बस्नेतलाई अब आन्दोलनस्थलमै ‘लाइभ अपरेशन’ मार्फत पक्राउ गर्ने तयारी तीव्र पारिएको छ।  

स्रोतका अनुसार गृह मन्त्रालयको निर्देशनपछि सुरक्षा निकायले रणनीति नै फेरिएको छ-लुकिछिपी होइन, सार्वजनिक स्थलमै ‘टार्गेट अरेस्ट’।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

गृहमन्त्री सुधन गुरुङको आदेशपछि दुई दिनदेखि बस्नेतलाई समात्ने प्रयास भइरहे पनि उनी निरन्तर सुरक्षाकर्मीलाई छल्दै आएका छन्। आइतबारदेखि नै उनको गुण्डुस्थित घर वरिपरि सादा पोशाकका प्रहरी परिचालन गरिएको थियो। तर, माइतीघरको प्रदर्शनबाट चाँडै बाहिरिएका बस्नेतले प्रहरीको ‘मुभ’ थाहा पाएपछि फोन अफ गर्दै सम्पर्कविहीन बने।

राति अबेर मात्र सामाजिक सञ्जालमा देखिएका बस्नेतले आफू भागेको नभई “पुरानो मुद्दामा फसाउने षड्यन्त्र” भइरहेको दाबी गरेका थिए। उच्च प्रहरी स्रोतका अनुसार उक्त स्टाटस उनले ललितपुर आसपासबाट पोस्ट गरेको प्रारम्भिक संकेत भेटिएको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सोमबार भने बस्नेतले पुनः फेसबुकमार्फत नयाँ संकेत दिएका छन्-माइतीघर मण्डलामा हुने एमालेको विशेष प्रदर्शनमा उपस्थित हुने आह्वान। “आन्दोलनको मोर्चामा भेटौंला” भन्ने उनको सन्देशले प्रहरीलाई पनि नयाँ अवसर देखिएको छ।

एक उच्च प्रहरी अधिकारी भन्छन्, “हामीले खोजिरहेको व्यक्ति आफैं सार्वजनिक रूपमा आउने हो भने अपरेशन सजिलो हुन्छ।” तर, उनले यो पनि स्वीकार्छन् कि बस्नेतको स्टाटस कार्यकर्तालाई सडकमा उतार्ने रणनीति वा सुरक्षाकर्मीलाई भ्रमित पार्ने चाल हुनसक्छ।

बस्नेतमाथि एमालेकै एक महिला कार्यकर्तालाई जबरजस्ती करणी गरेको तथा त्यसपछि भ्रूण हत्या गराएको गम्भीर आरोपमा मुद्दा दर्ता छ, जुन तीन वर्षदेखि अदालतमा विचाराधीन छ। आइतबार मात्रै पीडित भनिएकी महिलाले सरकारी वकिल कार्यालय र उपत्यका प्रहरी परिसरमा नयाँ उजुरी दर्ता गर्दै तत्काल पक्राउको माग गरेकी छिन्। उजुरीमा बस्नेतले शक्तिकेन्द्रको आडमा लामो समयदेखि दबाब र पीडा दिएको उल्लेख छ।

सुरक्षा निकायको आन्तरिक विश्लेषणमा एमालेको हालको आन्दोलनलाई ‘अराजक मोड’मा लैजान बस्नेतकै भूमिका प्रमुख रहेको निष्कर्ष समेत निकालिएको बताइएको छ। त्यसैले, उनलाई नियन्त्रणमा लिइएपछि आन्दोलनको स्वरूप नै बदलिन सक्ने आँकलन गरिएको छ।

अब प्रश्न एउटै छ: बस्नेत साँच्चै माइतीघर पुग्छन् कि फेरि ‘चक्मा’ दिन्छन्?

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.