काठमाण्डौ । नयाँ वर्ष २०८३ को अवसरमा टीभीएसका आधिकारिक र आयातकर्ता वितरक जगदम्बा मोटर्सले नयाँ वर्षको अवसरमा आफ्नो नयाँ उत्सव अफर “टीभीएससँग नयाँ वर्षको निरन्तर यात्रा” सार्वजनिक गरेको छ ।
यस अफरमार्फत ग्राहकलाई थप मूल्य, दैनिक पुरस्कार र सहज स्वामित्व अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ ।
यस नयाँ वर्ष अफरअन्तर्गत, टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्ने प्रत्येक ग्राहकले आकर्षक लाभहरू प्राप्त गर्ने अवसर पाउनेछन् । प्रत्येक दिन ग्राहकहरूले ५ वर्षसम्मको पेट्रोल निःशुल्क जित्ने मौका पाउनेछन्, जसले उनीहरूको यात्रालाई अझ सहज र लाभदायक बनाउनेछ । साथै, ग्राहकहरूले दैनिक अधिकतम रु. ५ लाखसम्मको छुट प्राप्त गर्न सक्नेछन् । अझै सजिलो स्वामित्वका लागि, यस अफरमा रु. २ हजार ९६७ बाट सुरु हुने न्यूनतम इएमआई सुविधा पनि उपलब्ध गरिएको छ ।
यस अवसरमा, अखिल गुप्ता, जगदम्बा मोटर्सका कार्यकारी निर्देशकले भने, ‘नयाँ वर्ष नयाँ सुरुवातको समय हो, र ‘टिभिएससँग नयाँ वर्षको निरन्तर यात्रा’ मार्फत हामी हाम्रा ग्राहकहरूको यात्रा अझ अर्थपूर्ण र रमाइलो बनाउने लक्ष्य राखेका छौं । यो विशेष प्रस्ताव केवल लाभ मात्र नभई, दीर्घकालीन सन्तुष्टि र सहजता प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रतीक हो । साथै, यस सुखद अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।’
त्यसैगरी, दिपक रौनियार, जगदम्बा मोटर्सका उपाध्यक्षले भने, ‘हामी सधैं ग्राहक केन्द्रित र नवीन विशेष प्रस्तावहरू ल्याउन प्रतिबद्ध छौं । यो नयाँ वर्ष विशेष प्रस्ताव त्यसैको निरन्तरता हो, जसले किफायतीपन, उत्साह र वास्तविक फाइदाहरूलाई एकसाथ ल्याएर टिभिएस स्वामित्व अनुभवलाई अझ उत्कृष्ट बनाउँछ। “साथै, यो अफर नगद, एक्सचेन्ज तथा फाइनान्स—तीनै माध्यममा उपलब्ध रहेको छ ।’ हामीले कुनै पनि ब्रान्डका पुराना मोटरसाइकल र स्कूटर मा उत्कृष्ट मूल्याङ्कन प्रदान गर्ने प्रतिबद्धता लिएका छौं । यस सुखद अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
यस अफरमार्फत टीभीएसले आफ्ना ग्राहकहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै विश्वसनीयता, प्रदर्शन र मूल्यमा आधारित अनुभव प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ ।

