काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
पेट्रोल र डिजेल दुवैमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरिएको निगमले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले यो निर्णय लिइएको हो।
निगमको सञ्चालक समितिले चैत १९ गते गरेको निर्णयअनुसार आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५ रुपैयाँ बढाइएको छ।
नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा अब पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ र डिजेल/मट्टीतेल प्रतिलिटर १७२ रुपैयाँ पुगेको छ।
निगमले मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य लगातार बढिरहेकोले पाक्षिक रूपमा करिब १३ अर्ब २१ करोड रुपैयाँ घाटा बेहोर्नुपरेको बताएको छ।


