बुधबार, बैशाख २,२०८३ 11:47:04
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 11:47:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कालिन्चोक हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै १३.३५ गुणा बढी आवेदन

Bizshala
कालिन्चोक हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै १३.३५ गुणा बढी आवेदन
Shivam Cement

काठमाण्डौ । कालिन्चोक हाइड्रोपावरको आइपीओ पहिलो दिनमै ओभरसब्सक्राइब्ड भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज पहिलो दिनमै कम्पनीको आइपीओमा १३.३५ गुणा बढी आवेदन परेको छ ।  

सिडिएससीका अनुसार कम्पनीको आइपीओमा ७ लाख ७६ हजार ८९४ जनाले ९१ करोड ४४ लाख ८ हजार रुपैयाँ बराबरको ९१ लाख ४४ हजार ८० कित्ताका लागि आवेदन परेको छ, जुन यो मागभन्दा १३ गुणा बढी आवेदन हो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले ६ लाख ८४ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको हो ।  

आइपीओमा आवेदन दिदा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिनेछ । आवेदन दिने अन्तिम मिति चैत २५ गते रहेको छ ।

CG Motors
Garima Development Bank
IME remit

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।  

यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी पनि आवेदन दिन सक्नेछन् ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.