बुधबार, बैशाख २,२०८३ 05:12:24
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 05:12:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

निजी क्षेत्रका व्यवसायीमाथि अनुसन्धान गर्ने तयारी, सेयर कारोबारमा समेत कडाई

Bizshala
निजी क्षेत्रका व्यवसायीमाथि अनुसन्धान गर्ने तयारी, सेयर कारोबारमा समेत कडाई
Shivam Cement

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब निजी क्षेत्रका व्यवसायिक गतिविधिहरूमाथि समेत निगरानी राख्ने भएको छ ।  

आयोगले निजी क्षेत्रका व्यवसायीहरुलाई अनुसन्धान गर्ने तयारी अघि बढाएको छ । सुशासन कायम गर्दै निजी क्षेत्रका कामकारबाहीलाई पारदर्शी बनाउने उद्देश्यले यस्तो पहल थालिएको हो ।

आयोगले सार्वजनिक गरेको ‘भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८२/८३–२०८७/८८)’ अनुसार सबै क्षेत्रका भ्रष्टाचारजन्य गतिविधिलाई कानुनी दायरामा ल्याइने जनाइएको छ । राज्यलाई प्रत्यक्ष क्षति पु¥याउने वा अनुचित लाभ लिने–दिने कार्यलाई अपराध मानेर कडा कारबाही गरिनेछ भने अन्य त्रुटिजन्य काम सुधार्ने अवसर दिने नीति पनि अवलम्बन गरिने जनाइएको छ ।

यसका साथै सेयर खरिद–बिक्रीलाई पारदर्शी बनाउन १० लाख रुपैयाँभन्दा माथिका कारोबारमा बैंक स्टेटमेन्ट, भौचर वा चेक अनिवार्य पेश गर्नुपर्ने व्यवस्था गरिने जनाइएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस योजनाअन्तर्गत सहकारी, सार्वजनिक तथा निजी कम्पनी, साथै अन्य संघ–संस्थामा हुने भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक कानुनी संरचना तयार गरिनेछ । आगामी दुई वर्षभित्र भ्रष्टाचारको स्पष्ट परिभाषा, कसूर र सजाय निर्धारण गर्दै नयाँ भ्रष्टाचार निवारण ऐन ल्याउने लक्ष्य राखिएको छ । सो ऐनमार्फत अनुसन्धान, अभियोजन र मुद्दा हेर्ने निकायसमेत तोकिनेछ ।

आयोगले निजी क्षेत्रभित्र हुने घुस लेनदेनलाई पनि कानुनी रूपमा दण्डनीय बनाउने योजना अघि सारेको छ । नयाँ ऐनमार्फत यस्तो गतिविधिलाई अपराध घोषणा गर्दै हालका कानूनहरूमा पनि आवश्यक संशोधन गरिने जनाइएको छ ।

CG Motors
Garima Development Bank
IME remit

साथै, सार्वजनिक वा सरकारी सम्पत्तिमा हानि पुर्याउने गरी निजी क्षेत्रबाट हुने भ्रष्टाचार नियन्त्रण गर्न थप कडा कानुनी व्यवस्था गरिने जनाएको छ । आगामी दुई वर्षभित्रै यस्ता कार्यमा संलग्न व्यक्ति वा संस्थामाथि थप कडा सजाय लागु गर्ने तयारी रहेको छ ।

आयोगले आय–व्यय विवरणमा हेरफेर गर्ने, नक्कली खर्च देखाउने, गलत कागजात प्रयोग गर्ने वा अभिलेख नष्ट गर्ने जस्ता गतिविधिलाई पनि दण्डनीय बनाउने योजना अघि सारेको छ ।

साथै कम्पनी निर्देशिका, २०७२ संशोधन गर्ने, निजी संस्थामा स्वार्थको द्वन्द्व रोक्ने आचारसंहिता लागू गर्ने, आन्तरिक लेखापरीक्षण सुदृढ बनाउने तथा सार्वजनिक खरिदमा संलग्न निजी व्यवसायीको कारोबार कानुनअनुसार भए÷नभएको जाँच गर्ने योजना पनि समावेश गरिएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.