शुक्रबार, बैशाख ११,२०८३ 03:29:14
Bizshala
  • शुक्रबार, बैशाख ११,२०८३ 03:29:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य कति ?

Bizshala
ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य कति ?
Shivam Cement

काठमाण्डौ । ओप्पो ए६ एक्स स्मार्टफोन अब नेपालमा आधिकारिक रूपमा उपलब्ध भएको छ । दैनिक प्रयोगलाई लक्षित गर्दै ल्याइएको यो स्मार्टफोनले टिकाउपन, सहज प्रदर्शन र लामो समय टिक्ने ब्याट्री क्षमताको सन्तुलित संयोजन प्रदान गर्ने कम्पनीले जनाएको छ । भित्री तथा बाहिरी दुवै वातावरणमा सहज रूपमा प्रयोग गर्न मिल्ने व्यावहारिक सुविधाहरू समेटिएकाले यो फोन विभिन्न प्रकारका प्रयोगकर्ताका लागि उपयुक्त हुने अपेक्षा गरिएको छ ।

यस डिभाइसमा ६ जीबी ¥याम र १२८ जीबी आन्तरिक स्टोरेज उपलब्ध छ भने आइस ब्लु र प्लम पर्पल गरी दुई भिन्न रंगहरुमा बजारमा आएको छ । ६.७५ इन्चको एचडी प्लस अल्ट्रा ब्राइट डिस्प्लेमा १२० हर्ज रिफ्रेस रेट रहेको छ, जसले स्मूथ र स्पष्ट दृश्य अनुभव प्रदान गर्छ । म्याट फिनिससहितको स्लिक डिजाइनले फोनलाई प्रिमियम लुकका साथै सहज ग्रिप पनि प्रदान गरेको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

टिकाउपनलाई ध्यानमा राख्दै यसमा आईपी६४ स्तरको धुलो तथा पानीबाट जोगिने क्षमता समावेश गरिएको छ। ‘स्प्ल्यास टच’ सुविधाका कारण स्क्रिन भिजेको अवस्थामा पनि सहज रूपमा प्रयोग गर्न सकिन्छ भने ग्लोभ टच सुविधाले पञ्जा लगाएर पनि सहज प्रयोग गर्न सकिने सुविधा प्रदान गर्छ ।

ओप्पो ए६एक्स स्न्यापड्रागन ६८५ (६ नानोमिटर) प्रोसेसरबाट सञ्चालित छ, जसले दैनिक रुपमा हुने धेरै कार्य र सामान्य प्रयोगका लागि प्रभावकारी प्रदर्शन दिन्छ । यसमा यूएफएस २.२ स्टोरेज प्रयोग गरिएको छ, जसले डेटा स्थानान्तरण र एप सञ्चालनलाई छिटो बनाउँछ । 

कलरओएस १५ मा आधारित यो फोनले सहज र प्रयोगकर्ता–मैत्री अनुभव प्रदान गर्छ। यसमा आउटडोर मोड २.०, चोरी सुरक्षा तथा ४८ महिनासम्मको फ्लुएन्सी संरक्षण जस्ता अतिरिक्त सुविधाहरू पनि समावेश छन् ।

CG Motors
Garima Development Bank
IME remit

फोनमा ६५०० एमएएच् क्षमताको ब्याट्री समावेश गरिएको छ, जसले लामो समयसम्म निरन्तर प्रयोग गर्न सहयोग पु¥याउँछ । यसमा १५ वाट चार्जिङ समर्थनका साथै रिभर्स चार्जिङ सुविधा पनि दिइएको छ, जसमार्फत अन्य उपकरणहरू चार्ज गर्न सकिन्छ ।

ओप्पो ए६एक्स को मूल्य रु ३२,४९९ तोकिएको छ । सार्वजनिक अफर अन्तर्गत ग्राहकहरूले खरिद गरेको एक महिनाभित्र दुई महिनासम्म मान्य हुने साट्ने सुविधा सहितको ग्यारेन्टी पाउनेछन र यो अफर असार १० २०८३ सम्म लागू हुनेछ । 

साथै, पहिलो ३०० जना खरिदकर्तालाई विशेष ओप्पो फोन स्ट्यान्ड उपहारस्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ ।

यो फोनको सार्वजनिकसँगै ओप्पोले दैनिक जीवनलाई सहज बनाउने व्यावहारिक प्रविधि र विश्वसनीय स्मार्टफोन अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता निरन्तर अघि बढाएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.