आईतवार, जेष्ठ ३,२०८३ 06:02:42
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 06:02:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

रोशी खोलामा पानीको बहाव बढ्यो, बीपी राजमार्ग फेरि बन्द

Laxmi Sunrise Bank Limited
रोशी खोलामा पानीको बहाव बढ्यो, बीपी राजमार्ग फेरि बन्द
Shivam Cement

काठमाण्डौं । बीपी राजमार्ग आज फेरि अस्थिर अवस्थामै पुगेको छ । बिहान केही घण्टा मात्र खुलेर दिउँसोदेखि पुनः बन्द भएको छ।  

रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा फेरि शुरु भएसँगै पानीको सतह बढ्ने जोखिम देखिएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेले सवारी आवागमन रोक्ने निर्णय गरेको हो।

Bizshala
New Office
CG Motors

दिउँसो करिब १:१५ बजे जारी गरिएको ‘अत्यन्त जरुरी सूचना’ अनुसार सम्भावित बाढी र अस्थायी डाइभर्सनमा पर्ने जोखिमलाई मध्यनजर गर्दै तत्काल राजमार्गमा सवारी सञ्चालन रोकिएको हो।

यसअघि लगातारको वर्षाले रोशी खोलाले सडक बगाएपछि खोलामै अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो।  

तीन दिनसम्म बन्द रहेको सडक बिहीबार बिहान ७ बजेदेखि सोही डाइभर्सन प्रयोग गरेर पुनः खोलिएको भएपनि केही घण्टामै पानीको बहाव बढ्न थालेपछि सुरक्षा कारण देखाउँदै फेरि बन्द गरिएको हो।

स्थानीय अनुभवले देखाएको जस्तै, रोशी खोलामा सामान्य बाढी आउँदा पनि अस्थायी संरचना टिक्न नसक्ने समस्या दोहोरिने गरेको छ। 

खोलाको प्राकृतिक बहावमै सडक राखिएकाले सानो वर्षाले पनि सम्पूर्ण यातायात प्रणाली प्रभावित हुने अवस्था बनेको छ।

अहिलेको निर्णयलाई प्रहरीले जोखिम न्यूनीकरणका रूपमा लिएको छ।  

Garima Development Bank
Shivam Cement
IME remit

मौसम र खोलाको अवस्थालाई निरन्तर निगरानीमा राखिएको र अवस्था सहज भएलगत्तै अर्को सूचना जारी गरी यातायात पुनः सञ्चालन गरिने जनाएको छ।

पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने प्रमुख मार्गमध्ये बीपी राजमार्ग एक हो, जहाँ दैनिक सयौँ सवारी आवतजावत गर्छन्।  

तर, रोशी खण्डको भौगोलिक संवेदनशीलता, बारम्बारको बाढी–पहिरो र कटानका कारण यो मार्ग दीर्घकालीन रूपमा अस्थिर बनेको छ।  

गत वर्षको बाढीले सडक बगाएपछि मर्मत कार्य अझै पूर्ण रूपमा स्थिर हुन सकेको छैन।

यसै कारण यात्रुहरू बारम्बार बीच बाटोमै रोकिनुपर्ने, र लामो दूरीका बस तथा मालवाहक सवारी भकुण्डे र नेपालथोका क्षेत्रमा थुनिनुपर्ने अवस्था नियमितजस्तै बनेको छ।

प्रहरीले यात्रुहरूलाई अत्यावश्यक नभए यात्रा नगर्न र यात्रा गर्नै परे सडकको अवस्था बुझेर मात्र अघि बढ्न आग्रह गरेको छ।  

आपतकालीन अवस्थामा १०० र १०३ नम्बरमा सम्पर्क गर्न सकिने पनि जानकारी दिइएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.