आईतवार, असार १,२०८२ 08:57:32
  • आईतवार, असार १,२०८२ 08:57:32
Global IME Bank Limited

जेसीबीका एक्साभेटरमा ५ वर्ष वा १० हजार घण्टाको वारेन्टी योजना

Hyundai Nepal
जेसीबीका एक्साभेटरमा ५ वर्ष वा १० हजार घण्टाको वारेन्टी योजना
Nabil Bank Limited

काठमाण्डौ । निर्माण उपकरण उत्पादन ब्राण्ड जेसीबीले आफ्नो आधिकारिक वितरक एमएडब्लू अर्थमुभर्सद्वारा नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउने भएको छ ।

नेपाली बजारलाई सहयोग गर्ने उद्देश्यले जेसीबी इन्डियाले ट्र्याक गरिएका केहि एक्साभेटरहरूको लागि ५ वर्ष वा १० हजार घण्टाको वारेन्टी योजना ल्याएको छ । एमएडब्लू अर्थमुभर्सले विगत २ दशकदेखि नेपालमा जेसीबीका निर्माण उपकरणहरु वितरण गर्दै आएको छ । एमएडब्लूको केन्द्रिय कार्यालय काठमाण्डौमा छ भने नेपालभरि ३२ वटा शाखा कार्यालयहरु छन् र ३ वटा अपरेटर प्रशिक्षण संस्थानहरू छन् । एमएडब्लूले नेपालमा आफ्नो चौथोँ अपरेटर ट्रेनिङ सेन्टर चितवनमा छिट्टै उद्घाटन गर्दैछ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

जेसीबी इन्डियाका प्रमुख कार्यकारी अधिकृत दिपक शेट्टीले नेपाल भ्रमणको क्रममा भने ‘नेपाल हाम्रो लागि दक्षिण एसियाली क्षेत्रको महत्वपूर्ण बजार हो । यस क्षेत्रमा नेपालको नौलो पहिचान र स्थान छ, र हामीले हाम्रा ग्राहकहरूका लागि यहाँ सधैं अत्याधुनिक प्रविधियुक्त र उन्नत उत्पादनहरू प्रस्तुत गर्दै आएका छौँ । हामी हाम्रो आधिकारिक डिलर एमएडब्लू अर्थमुभर्समार्फत हामीले निरन्तर राम्रो सम्बन्ध कायम राख्न सफल भएका छौँ ।’

नेपालमा जेसीबीका १० हजार ५०० भन्दा धेरै उपकरणहरु सञ्चालनमा छन् । जसमध्ये व्याकहो लोडर्स, एक्साभेटर, विल्ड लोडर्स, र टेलिह्याण्डलर्स प्रसिद्ध छन् । यी सम्पूर्ण उपकरणहरुका पार्ट–पूर्जा र सर्भिसमा एमएडब्लू अर्थमुभर्सका राष्ट्रव्यापी आउटलेट सञ्जालमार्फत सर्भिस भ्यानहरु परिचालन गरी ग्राहकहरूलाई सेवा सहायता प्रदान गरिने कम्पनीले जनाएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.