बिहीबार, जेष्ठ १४,२०८३ 12:19:44
Bizshala
  • बिहीबार, जेष्ठ १४,२०८३ 12:19:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

दलदलेमा कजारिया रमेश टायल्सको नयाँ शोरुम सञ्चालन

Laxmi Sunrise Bank Limited
दलदलेमा कजारिया रमेश टायल्सको नयाँ शोरुम सञ्चालन
Shivam Cement

काठमाण्डौ । टायल उत्पादक कम्पनी कजारिया रमेश टायल्स लिमिटेडले नवलपुरको दलदलेमा नयाँ शोरुम सञ्चालनमा ल्याउँदै गण्डकी प्रदेशमा आफ्नो बजार उपस्थिति थप सुदृढ बनाएको छ। राइनो टायल एण्ड मार्बल ट्रेड लिङ्कद्वारा व्यवस्थापन गरिएको उक्त शोरुममार्फत कम्पनीका विश्वस्तरीय वाल तथा फ्लोर टायल अब स्थानीय उपभोक्ताले सहज रूपमा प्राप्त गर्न सक्ने भएका छन्।

शोरुमको औपचारिक उद्घाटन जेठ १२ गते दिउँसो १२ः१५ बजे सम्पन्न भएको थियो। कार्यक्रममा कम्पनीका निर्देशक हिमांशु अग्रवाल र आस्मा कुमारी केसी लगायत कम्पनीका वरिष्ठ प्रतिनिधि तथा राइनो टायल एण्ड मार्बल ट्रेड लिङ्कको व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो।

नयाँ शोरुमलाई आधुनिक तथा ग्राहकमैत्री शैलीमा डिजाइन गरिएको कम्पनीले जनाएको छ। ग्राहकहरूले विभिन्न डिजाइन, बुट्टा तथा फिनिसिङ भएका वाल र फ्लोर टायल प्रत्यक्ष अवलोकन गरी आफ्नो घर तथा निर्माण परियोजनाका लागि उपयुक्त विकल्प छनोट गर्न सक्ने व्यवस्था गरिएको छ।

Bizshala
New Office
CG Motors

उद्घाटन कार्यक्रममा बोल्दै निर्देशक हिमांशु अग्रवालले ग्रामीण तथा विकसित हुँदै गरेका बजारसम्म गुणस्तरीय उत्पादन पहुँच विस्तार गर्ने कम्पनीको रणनीतिअन्तर्गत दलदलेमा नयाँ शोरुम सञ्चालन गरिएको बताए। ‘हामी केवल ठूला शहरहरूमा सीमित नभई बाहिरका समुदायसम्म पनि विश्वस्तरीय टायल उपलब्ध गराउन प्रतिबद्ध छौं,’ उनले भने।

कम्पनीका अनुसार शोरुम सर्वसाधारणका लागि खुला भइसकेको छ र नवलपुर तथा आसपासका क्षेत्रका उपभोक्तालाई नयाँ कलेक्सन अवलोकन गर्न आमन्त्रण गरिएको छ।

Garima Development Bank
Shivam Cement
Bizshala

कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै अत्याधुनिक प्रविधिसहित ठूलो टायल उत्पादन उद्योग स्थापना गर्दै टायल उद्योगमा नयाँ मानक स्थापित गरेको दाबी गरेको छ। हाल कम्पनीले देशभर १०० भन्दा बढी शोरुममार्फत आफ्ना उत्पादनहरू उपलब्ध गराउँदै आएको छ। 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.