शुक्रबार, असार १९,२०८३ 03:18:57
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 03:18:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

६ महिनादेखि महँगी भत्ता नपाएको भन्दै प्रेस काउन्सिलका कर्मचारी धर्नामा

बोर्ड रिक्त हुँदा जायज माग बेवास्ता भएको कर्मचारीको गुनासो, भत्ता नपाएसम्म आन्दोलन जारी राख्ने चेतावनी

Laxmi Sunrise Bank Limited
६ महिनादेखि महँगी भत्ता नपाएको भन्दै प्रेस काउन्सिलका कर्मचारी धर्नामा

 

काठमाण्डौ । विगत ६ महिनादेखि महँगी भत्ता नपाएको भन्दै प्रेस काउन्सिल नेपालका स्थायी कर्मचारीहरूले आन्दोलन सुरु गरेका छन्।

सरकारद्वारा निर्धारित अनिवार्य दायित्वअन्तर्गत पर्ने महँगी भत्ता गत माघ महिनादेखि उपलब्ध नगराइएको भन्दै कर्मचारीहरूले बिहीबारदेखि ‘पेन डाउन’ गरी काउन्सिलको कामकाज ठप्प पारेका हुन्।

प्रेस काउन्सिलका सूचना अधिकारी रामशरण बोहराका अनुसार कर्मचारीहरूले लामो समयदेखि व्यवस्थापनसमक्ष महँगी भत्ता उपलब्ध गराउन माग गर्दै आएका थिए। तर, माग सुनुवाइ नभएपछि दबाबमूलक कार्यक्रम सुरु गर्न बाध्य भएको उनको भनाइ छ।

New Office
CG Motors
Garima Development Bank

बोर्ड सदस्यहरूको कार्यकाल समाप्त भई बोर्ड रिक्त रहेको अवस्थामा कर्मचारीहरूको जायज माग बेवास्ता गरिएको कर्मचारीहरूको गुनासो छ।

“हामी सबै स्थायी कर्मचारी साथीहरू दबाब सिर्जना गर्ने उद्देश्यले काउन्सिल सचिवालयको बाहिरी प्राङ्गणमा बसेका छौँ। यो हाम्रो शान्तिपूर्ण दबाबमूलक कार्यक्रम हो, कुनै उग्र आन्दोलन होइन,” बोहराले भने, “असार महिनाको अन्तिमतिर आइपुगेका छौँ। आज असार १९ गते भइसक्यो। ६ महिनादेखि पाउनुपर्ने महँगी भत्ता नपाएको कारण हामीले व्यवस्थापनसँग उक्त भत्ता उपलब्ध गराउन आग्रह गर्दै दबाब सिर्जना गरिरहेका छौँ।”

कर्मचारीहरूले बिहीबारदेखि काउन्सिलको नियमित कामकाज रोकेर धर्ना दिइरहेका छन्। महँगी भत्ता पाउने ठोस सुनिश्चितता नभएसम्म आन्दोलन र कामकाज बहिष्कारको कार्यक्रम जारी रहने सूचना अधिकारी बोहराले चेतावनी दिए।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

“काउन्सिल सचिवालयका स्थायी कर्मचारीहरूले माघ महिनादेखि सरकारको अनिवार्य दायित्वअन्तर्गत पर्ने महँगी भत्ता हालसम्म पाएका छैनौँ। यस विषयमा हामीले पटक–पटक व्यवस्थापनसँग अनुरोध गर्दै आएका छौँ,” उनले भने, “बोर्ड रहेको अवस्थादेखि नै हामीले महँगी भत्ता रोकिएको विषय उठाउँदै आएका थियौँ। तर, अहिले बोर्डसमेत नभएको अवस्था छ र हाम्रो माग अझै सम्बोधन भएको छैन।”

कर्मचारीहरूको आन्दोलनले प्रेस काउन्सिलको नियमित प्रशासनिक कामकाज प्रभावित भएको छ। उनीहरूले माग सम्बोधनका लागि सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने बताएका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.