Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यकः चेम्बर निर्वतमान अध्यक्ष मल्ल

Global IME Bank Limited
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यकः चेम्बर निर्वतमान अध्यक्ष मल्ल
Nabil Bank Limited

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले रेमिट्यान्सलाई उत्पादनमुखी बनाउने खालको नीति योजना तर्जुमा गर्नुपर्ने बताएका छन् । राष्ट्रिय विकास परिषदको बैठकलाई सम्वोधन गर्दै निर्वतमान अध्यक्ष मल्लले रेमिट्यान्सबाट आएको रकमलाई उत्पादनमुखी र विदेशबाट फर्किएका युवाहरुको सीपलाई पनि सदुपयोग हुने खालको नीति एवं योजना बन्नुपर्नेमा जोड दिए ।  

प्रधानमन्त्री पुष्पकल दाहाल समेत उपस्थित कार्यक्रममा उनले भने, ‘रेमिट्यान्सको पैसा ९० प्रतिशत सम्म उपभोगमा नै खर्च भईरहेको छ, विदेशबाट भित्रिएको रकमलाई उत्पादमुलक क्षेत्रमा सदुपयोग गरेर राष्ट्रिय अर्थतन्त्र बलियो बनाऔं ।’

वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको सीपलाई स्वदेशमा सदुपयोग गर्न अध्यागमनमा सीपको लगत संकलन गर्नुपर्ने व्यवस्था हुनुपर्नेमा मल्लले जोड दिए ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अर्को प्रसंगमा निर्वतमान अध्यक्ष मल्लले १६ औं पञ्च वर्षिय योजना, सरकारको बजेट एवं मौद्रिक नीतिबीच पनि प्रभावकारी समन्वय हुनुपर्ने बताए । पञ्च वर्षिय योजना महत्वकांक्षी हुने तर कार्यन्वयन पाटो निकै फितलो हुँदा अपेक्षित लाभ हासिल हुन नसकेको उनको भनाई छ ।

निर्वतमान अध्यक्ष मल्लले आगामी बजेट वस्तुपरक र खर्च गर्न सक्ने क्षमताको ल्याउन समेत सरकारलाई सुझाव दिए । श्रोत सुनिश्चित गरेर मात्रै बजेट बनाउनुपर्ने उनले बताए । बजेटलाई वितरणमुखी भन्दा पनि उत्पादनमुखी बनाउन आवश्यक रहेको मल्लको भनाई छ ।

निर्वतमान अध्यक्ष मल्लले सार्वजनिक, निजी साझेदारीलाई प्रोत्साहन गर्नेगरी योजना बनाउनु पर्ने समेत राष्ट्रिय योजना आयोगलाई सुझाव दिए ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.