काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ ।
कम्पनीले ३ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३ लाख ५५ हजार ५ सय कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
आम सर्वसाधारणका लागि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।
सेयर खरिद गर्न चाहने लगानीकर्ताले कमलादी काठमाण्डौमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।