काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीहरुको नाममा रहेको १९ हजार २६० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि जो कोही व्यक्ति,कम्पनी तथा संघ संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् । यसअघि गत वैशाख ११ गते संस्थाका विद्यमान सेयरधनीहरुका लागि ३५ दिने बिक्री आवेदन खुलाइएकोमा कुनै पनि आवेदन नपरेकाले आम सर्वसाधारणका लागि सेयर बिक्री गर्न लागिएको संस्थाले जनाएको छ ।
इच्छुक लगानीकर्ताले कैलालीको लम्किचुहा वा बुढानिलकण्ड काठमाण्डौमा रहेको कर्पोरेट कार्यालयमा आवश्यक कागजातसहित लिखित आवेदन दिनुपर्नेछ। इच्छुक लगानीकर्ताले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिनुपर्नेछ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                        (4)(1)(1).jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                