सोमबार, असार २,२०८२ 03:52:43
  • सोमबार, असार २,२०८२ 03:52:43
Global IME Bank Limited

चौधरी फाउन्डेसनद्वारा इलेक्ट्रीकल उपकरण मर्मत तालिम प्रदान

Hyundai Nepal
चौधरी फाउन्डेसनद्वारा इलेक्ट्रीकल उपकरण मर्मत तालिम प्रदान
Nabil Bank Limited

काठमाण्डौ । चौधरी फाउन्डेसनको आयोजनामा सञ्चालित ४८ दिने एसी र रेफ्रिजेरेटर मेकानिक तालिम सम्पन्न भएको छ । फाउन्डेसनले ग्रामीण भेगका युवाहरुलाई रोजगारमुलक सिप विकास गर्नका लागि उक्त तालिम प्रदान गरेको हो ।  

मंगलबार एक समारोहबीच चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

काठमाण्डौको चन्द्रागिरि नगरपालिकामा सञ्चालित यस कार्यक्रम सफलतापुर्बक समापन भएको छ भने, चौधरी फाउन्डेसनले सुनसरीको गढी गाउँपालिका र नवलपरासीको सरावल गाउँपालिकामा पनि यस्तै तालिम सञ्चालन गरिरहेको छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसैबीच, चौधरी फाउन्डेसनले ३ वटा प्रदेशमा इन्डक्सन चुल्हो मर्मत र रेखदेख सम्बन्धी ३ दिने तालिम पनि सञ्चालन गरिरहेको छ । यो तालिम लुम्बिनी प्रदेशमा सम्पन्न भइसकेको छ भने कर्णाली र मधेश प्रदेशमा चाँडै सुरु हुनेछ ।

कार्यक्रममा बोल्दै चौधरी गु्रपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले देशभित्रै सिपयुक्त जनशक्ति विकास गर्न चौधरी फाउन्डेसन प्रतिबद्ध रहेको बताए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.