आईतवार, असार १,२०८२ 08:41:48
  • आईतवार, असार १,२०८२ 08:41:48
Global IME Bank Limited

युनिलिभरद्वारा ‘सफा हिमाल अभियान २०२४’ का लागि सहयोग प्रदान

Hyundai Nepal
युनिलिभरद्वारा ‘सफा हिमाल अभियान २०२४’ का लागि सहयोग प्रदान
Nabil Bank Limited

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले ‘सफा हिमाल अभियान २०२४’ का लागि सहयोग गरेको छ । यसअघि पनि यो अभियानमा सहयोग गर्दै आएको कम्पनीले यस वर्ष सहयोगलाई निरन्तरता दिएको हो ।  

नेपाली सेनाको अगुवाइमा अन्य सरकारी निकायसँगको सहकार्यमा चैत्र २९ गतेदेखि जेठ २३ गतेसम्म सफा हिमाल अभियान–२०२४ सञ्चालन भएको थियो ।  

युनिलिभर नेपाल लिमिटेडले यस अभियानमा संकलन गरिएको फोहोरलाई रिसाइकल गर्नको लागि आधिकारिक फोहोर व्यवस्थापन÷रिसाइक्लिङ साझेदार अवनी भेन्चर्सलाई सहयोग गरेको छ । यस वर्षको अभियानमा सगरमाथा, ल्होत्से तथा नुप्त्सेबाट ११ हजार केजीभन्दा बढी फोहोर र १ थान कंकालसहित ५ शवको अवशेष संकलन गरिएको छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

युनिलिभरले सन् २०२१, २०२२ र २०२३ मा नेपाली सेनालाई प्रत्यक्ष रूपमा सफा हिमाल अभियानमा साथ सहयोग गरेको थियो । नेपाली सेनाकाअनुसार २०१९ देखि सुरु भएको सफा हिमाल अभियानमा १०८ टनभन्दा बढी फोहोर संकलन भएको छ भने १२ जना मृतकको शवको अवशेष संकलन भएको छ ।  

जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न, खास गरी यस क्षेत्रमा, र यी हिमालहरूको प्राकृतिक सौन्दर्यको संरक्षणका लागि गरिएका यस्तो अभियानलाई सरोकारवाला तथा अन्य समर्थकहरूले प्रशंसा गरेका छन् । वातावरणको सुधारका लागि दिगोपन र परिवर्तनलाई समर्थन र अभ्यास गरिनुपर्छ भन्ने युनिलिभरको विश्वास रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.