आईतवार, असार १,२०८२ 08:58:14
  • आईतवार, असार १,२०८२ 08:58:14
Global IME Bank Limited

को हुन् यी व्यक्ति ? जसले युटुब लाइभ आउने बताएपछि कम्पनीको सेयरमूल्यमा आयो ४७% को उछाल

Hyundai Nepal
को हुन् यी व्यक्ति ? जसले युटुब लाइभ आउने बताएपछि कम्पनीको सेयरमूल्यमा आयो ४७% को उछाल
Nabil Bank Limited

काठमाण्डौ । चर्चित अमेरिकी लगानीकर्ता किथ गिलले युटुब लाइभस्ट्रिम गर्ने घोषणा गरेसँगै अमेरिकी भिडियो गेम कम्पनी गेमस्टपको सेयरमूल्यमा उछाल आएको छ । किथले ‘रोरिङ किटी’ नामक युटुब च्यानलमाफर्त लाइभ स्ट्रिम सेड्युल गरेसँगै गेमस्टपको सेयरमूल्यमा बिहिबार ४७ प्रतिशतले वृद्धि भएको हो ।  

गिल करिब ४ वर्षपछि युटुब लाभइमा फर्कन लागेका हुन् । उनले युटुबमा सेयर बजारको विश्लेषण तथा सेयर बजारसँग सम्बन्धित मिमहरु पोष्ट गर्ने गरेका छन् । गिलले शुक्रबारका लागि लाइभ स्ट्रिमीङ सेट गरेका छन् । उनको लाइभ स्ट्रिममा १० हजार मानिस वेईटिङमा छन् र सयौंले च्याटबक्समा कमेन्ट गरेका छन् ।  

गेमस्टपमा किथको समेत लगानी रहेको छ । जसका कारण बिहिबार कम्पनीको सेयरमूल्य ४७ प्रतिशतले बढेदै प्रतिकित्ता ४६.५५ डलर कायम भएको छ । यो साता कम्पनीको सेयरमूल्य दोब्बरभन्दा बढीले वृद्धि भईसकेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गिलले पछिल्लोपटक सन् २०२० को अगस्ट महिनामा मोर्टार भिडियो गेम रिटेलरमा आफ्नो लगानी रणनीतिका बारेमा ३ घण्टा लामो लाइभ स्ट्रिम गरेका थिए ।

गत आइतबार गिलले आफुसँग भएको गेमस्टपको साधारण सेयर र १ लाख २० हजार कल अप्सनको ई–ट्रेड पोर्टफोलियोको स्क्रिनसट सेयर गरेका थिए । यसको बजार मूल्य कम्तीमा २ सय मिलियन डलर हुन आउँछ । यदि गिलले यो कल अप्सनको प्रयोग गर्ने हो भने कम्पनीमा उनको सेयर स्वामित्व १७ मिलियन कित्ता हुन आउँछ । र यदि कम्पनीको सेयरमूल्य गत मे महिनाको उच्च अर्थात प्रतिकित्ता ६४.८३ डलर पुग्ने हो भने उनको सेयरको कुल मूल्य १ बिलियन डलरभन्दा बढी हुन्छ ।  

बजार प्रभावित पार्ने हर्कत गरेको भन्दै विरोध भएपति गिलले स्क्रिनसट पोष्ट गर्ने लगायतका कार्य गर्न बन्द गरेका थिए । -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.