आईतवार, बैशाख १४,२०८२ 04:25:35
IME remit
  • आईतवार, बैशाख १४,२०८२ 04:25:35
IME remit
Global IME Bank Limited

प्रीमियम इलेक्ट्रिक एसयुभी एलईभी ०१ नेपाल आउने

Hyundai Nepal
प्रीमियम इलेक्ट्रिक एसयुभी एलईभी ०१ नेपाल आउने
Nabil Bank Limited

काठमाण्डौ । विश्वको प्रतिष्ठित डिजाइन हाउस शंघाई लॉन्च ऑटोमोटिवको पहिलो प्रीमियम एसयुभी एलईभी ०१को आधिकारिक बिक्रेतामा वेबोर ग्रुपअन्तगर्तको नेक्सन भेन्चर्स प्राली नियुक्त भएको छ। 

नेपाली अटोमोबाइल उद्योगमा प्रतिष्ठित वेबर ग्रुपले नेक्सन भेन्चर्स शाङ्हाईको आधिकारिक वितरक बनेको घोषणा गरेको छ। शंघाई लञ्चऑटोमोटिभले आफ्नो पहिलो राइट ह्याण्ड ड्राइभ मोडलको रुपमा तयार पारेको प्रीमियम एसयुभी एलईभी ०१ नेपालमा आउने छ ।

वेबर ग्रुपले नेपाली बजारमा एलईभी ०१ को सुरुवात गर्दैछ । जसले विद्युतीय सवारीको भविष्यतर्फको सकारात्मक कदम चालेको छ।यसले वातावरणमैत्री ड्राइभिङ अनुभव उपलब्ध गराउने र नेपाली अटोमोबाइल उद्योगको विकासमा महत्वपूर्ण योगदान पुर्याउने कम्पनीले जनाएको छ।यसले उच्च गुणस्तरीय सेवा प्रदान गरेर ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिने लक्ष्य राखेको छ।ग्राहकको विश्वास प्राप्त गर्न बिक्रीपछि सेवा र प्राविधिक सहयोग पनि उपलब्ध हुनेछ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

प्रिमियम इलेक्ट्रीक एसयुभी एलईभी –०१ को लम्बाई ४६४० एमएम, चौडाई १८७०एमएम, उचाई १६५५ एमएम रहेको छ। यसको ह्वीलबेस २७६० एमएम छ।१९ इन्चको ह्वील रहेको एलईभी–०१ को ग्राउण्ड क्लियरेन्स १९० एमएम छ।

यसमा ६७.१ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री र ९९ किलोवाटको मोटर छ। यसले ५००ं किलोमिटर रेञ्ज दिने कम्पनीको दाबी छ।डीसी फास्ट चार्जरको प्रयोग गरी यसलाई ३५ मिनेट मै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.