आईतवार, असार १,२०८२ 10:19:16
  • आईतवार, असार १,२०८२ 10:19:16
Global IME Bank Limited

अमेरिकी बैंकहरु जोखिमपूर्ण अवस्थामा, ६८५ बिलियन डलर गुमाउन सक्ने

Hyundai Nepal
अमेरिकी बैंकहरु जोखिमपूर्ण अवस्थामा, ६८५ बिलियन डलर गुमाउन सक्ने
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकाका बैंकहरु गत वर्षको तुलनामा जोखिमपूर्ण अवस्थामा रहेका छन् । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले आफ्नो वार्षिक रिजिलेन्स टेस्ट(स्ट्रेस टेस्ट) सार्वजनिक गर्दै यस्तो जनाएको हो ।  

यद्यपी ठूला बैंकहरु भने घरेलु तथा व्यवसायीहरुलाई कर्जा प्रवाह गरिरहेकाले मन्दीबाट बच्ने अवस्थामा रहेको फेडले जनाएको छ । तर यदि गत वर्षको तुलनामा आर्थिक अवस्था एकदमै खस्कियो भने बैंकहरुले उच्च घाटा समेत व्यहोर्न सक्ने फेडले उल्लेख गरेको छ ।  

सन् २००८ मा देखिएको व्यापक मन्दीलाई बैंकिङ संकटले मलजल गरेकाले फेडले वित्त प्रणालीको सम्भावित कमजोरीका संकेतहरु पत्ता लगाउन र सुपरीवेक्षण गर्न बैंकहरुको जोखिमपूर्ण सम्पत्तिको परीक्षण गर्ने गरेको छ । गत वर्ष ३ वटा अमेरिकी बैंकहरु टाट पल्टिएर बैंकिङ प्रणाली तरंगित भएपछि यस्तो स्ट्रेस टेस्टको महत्व झनै बढेको छ ।  

३१ वटा बैंकहरुमा गरिएको परीक्षणमा बैंकहरुको कुल ६८५ बिलियन डलरबराबरको सम्पत्ति गुम्न सक्ने जनाइएको छ । जुन गत वर्षको १४४ बिलियनको तुलनामा निकै धेरै हो । तर गत वर्ष तुलनात्मक रुपमा कम बैंकहरुको मात्रै स्ट्रेस टेस्ट गरिएको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

फेडका सुपरभाइजर माइकल बारले बैंकहरुले बढ्दो खर्चसँगै उच्च जोखिम लिएकाले जोखिमपूर्ण सम्पत्तिको मात्रा वृद्धि भएको बताएका छन् । उच्च ब्याजदरको वातावरणका कारण कर्जा प्रवाहमा जोखिमको मात्रा र खर्च झनै बढाईदिएको र यसले बैंकहरुको नाफा संकुचित हुने उनले बताए ।  

अहिले अमेरिकामा डेबिट कार्ड कर्जाको समस्या गत वर्षको तुलनामा व्यापक वृद्धि भएको छ । जसले हालै मात्रै रेकर्ड तोड्दै उच्च स्थान हासिल गरेको छ । यसका अतिरिक्त ढिला भुक्तानी गर्ने मानिसहरुको संख्या उच्च प्रशिततले वृद्धि भएको छ । यी दुवै कारणले क्रेडिट कार्ड गुम्ने सम्भावित जोखिम बढाईदिएको छ ।  

यस्तै बैंकको शुल्क पनि एकदमै कम रहेको छ । जसका कारण बैंकहरुले घाटा रिकभर गर्ने सम्भावना कम देखिन्छ ।  

अहिले सबै बैंकले स्ट्रेस टेस्ट पास गरेपनि विभिन्न मन्दीको अवस्थामा उनीहरुको प्रदेर्शन भने फरक देखिएको छ ।  

डिस्कभर फाइनान्सियल सर्भिसेसको सबैभन्दा धेरै अर्थात १८.७ प्रतिशत खराब कर्जा देखिएको छ । त्यस्तै क्यापिटल वानको १६.५ प्रतिशत रहेको छ । -एजेन्सी 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.