आईतवार, असार १,२०८२ 09:04:37
  • आईतवार, असार १,२०८२ 09:04:37
Global IME Bank Limited

जापानका ४ ठूला बीमा कम्पनीले होन्डाको ३.१ बिलियन डलरबराबरको सेयर बिक्री गर्ने

Hyundai Nepal
जापानका ४ ठूला बीमा कम्पनीले होन्डाको ३.१ बिलियन डलरबराबरको सेयर बिक्री गर्ने
Nabil Bank Limited

काठमाण्डौ । जापानका ४ वटा शीर्ष बीमा कम्पनी र अन्य वित्तीय संस्थाले सवारी साधन निर्माता कम्पनी होन्डाको ३.१ बिलियन डलर मूल्यबराबरको सेयर बिक्री गर्ने भएका छन् । टोकियो म्यारिन होल्डिङस्, सोम्पो होल्डिङस्, एपएस एण्ड एडी इन्स्योरेन्स ग्रुपका दुईवटा युनिट र अन्य वित्तीय संस्थाले होन्डाको ५०० बिलियन जापनिज येन(३.१ बिलियन डलर)मूल्यबराबरको सेयर बिक्री गर्न लागेका हुन् ।  

होन्डाले चाडैनै कम्पनीहरुलाई सेयर बिक्रीका लागि अनुमति दिने जनाइएको छ । होन्डाले यसअघि नै ३०० बिलियन येन मूल्यबराबरको सेयर बाईब्याक गर्ने घोषणा गरिसकेको छ ।  

होन्डा एईओई निस्से डोआ इन्स्योरेन्स बाहेक सबै बीमा कम्पनीका लागि शीर्ष ५ क्रस होल्डिङ कम्पनी मध्येको एक हो । होन्डा जस्तो हाई प्रोफाइल कम्पनीमा बीमा कम्पनीहरुले ठूलो परिणामा सेयर बिक्री गर्ने भएसँगै जापानमा क्रस होल्डिङ घटाउने प्रक्रियाले तीव्रता पाउने विज्ञले बताएका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

क्रस होल्डिङ, कम्पनीहरुले अर्थात एक अर्काको सेयर होल्ड गर्ने प्रचलन यसअघि जापानका सिमेन्ट व्यवसायमा देखिएको थियो ।  

होन्डामा टोकियो म्यारिनले १६१ बिलियन येनबराबर,सोम्पो जापानले ८१ बिलियनबराबर,मित्सुई सुमीतोमोले ७३ बिलियन येनबराबर र एईओई निस्सेले २.८ ििबलयन येनबराबरको सेयर होल्ड गरेका छन् । -एजेन्सी 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.