आईतवार, असार १,२०८२ 08:07:59
  • आईतवार, असार १,२०८२ 08:07:59
Global IME Bank Limited

लगातार वर्षाले तरकारीको भाउ बढ्यो, कुन कति पुग्यो ?

Hyundai Nepal
लगातार वर्षाले तरकारीको भाउ बढ्यो, कुन कति पुग्यो ?
Nabil Bank Limited

काठमाण्डौ । देशैभर निरन्तर भई्रहेको अविरल वर्षका कारण नेपाली भान्सा महङ्गिएको छ । निरन्तरको अविरल वर्षाका कारण ढ्वानी सेवामा अवरोध उत्पन्न हुँदा तरकारीको मूल्य बढेको छ । यसले नेपाली भान्सा प्रभावित बनेको छ ।  

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको नयाँ मूल्यसूची अनुसार अधिकांश तरकारी र फलफूलको मूल्य वृद्धि भएको छ । आज नेपाली गोडभेडा(ठूलो)को अधिकतम प्रतिकेजी मूल्य १०० रपैयाँ निर्धारण भएको छ । गत शुक्रबार नेपाली गोलभेडा(ठूलो)को मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम थियो ।  

यस्तै आज सानो नेपाली गोलभेडाको मूल्य प्रतिकिलो ६० रुपैया र भारतीय ठूलो गोलभेडाको मूल्य प्रतिकिलो १२० रुपैयाँ निर्धारण भएको छ । गत शुक्रबार नेपाली सानो गोलभेडाको प्रतिकेजी मूल्य ३० रुपैयाँ थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै आज रातो आलुको अधिकतम प्रतिकेजी मूल्य ६५ रुपैयाँ,रातो आ्लु (भारतीय) ५८ रुपैयाँ,रातो आलु  मुडे ५४ र सेतो आलुको मूल्य ४८ रुपैयाँ कायम भएको छ । शुक्रबार रातो आलुको प्रतिकेजी मूल्य ६४ रुपैयाँ र मुडे आलुको मूल्य ५२ रुपैयाँ थियो ।  

आज तने बोडीको भाउ अधिकतम प्रतिकिलो ७०, घिउ सिमी १२०, तिते करेला १००, लौका ८०, भिण्डी ८०, कन्य च्याउ १८०, डल्ले च्याउ ३००, कुरिलो २५०, ब्रोकाउली ३००, रुपैयाँमा कारोबार भईरहेको छ । साथै आज भन्टा लाम्चोको मूल्य १८.१८ प्रतिशत,भन्टा डल्लोको मूल्य २६.६७ प्रतिशत,भटमाश कोसाको मूल्य २८.३३ र तिते करेलाको मूल्य ५७.८९ रुपैयाँले बढेको छ ।  

गत शुक्रबार प्रतिकेजी ८६ रुपैयाँ रहेको हरियो प्याजको मूल्य ६१ प्रतिशतले बढेर प्रतिकेजी २२६ रुपैयाँ पुगेको छ ।  

स्याउ(फूजी(को अधिकतम मूल्य प्रतिकेजी ३२० रुपैयाँ केरा दर्जनको  १४० रुपैयाँ, कागती केजी २३० रुपैयाँ रहेको छ ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.