काठमाण्डौ । आजदेखि निष्कासन भएको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओमा पहिलो दिनमै १०५ गुणा बढी आवेदन परेको छ । सीडीएसीको तथ्यांकअनुसार आज यो संस्थाको एफपीओ खरिदका लागि ३ लाख १० हजार ८८ आवेदकहरुबाट ४९ करोड २५ लाख ४२ हजार रुपैयाँबराबरको कुल ४९ लाख २५ हजार ४२० कित्ता सेयरका लागि आवेदन परेको छ ।
यो भनेको जारी सेयर संख्याको १०५ गुणा बढी हो ।
संस्थाले आजदेखि कुल ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४६ हजार ७२९.५४५० कित्ता एफपीओ सेयर निष्कासन गरेको छ ।
साविकको सूर्योदय र वोमी लघुवित्त मर्ज भई बनेको यो संस्थाको कुल चुक्तापूँजी ९१ करोड ७ लाख ८२ हजार ५०८.५० रुपैयाँमा संस्थापक सेयरधनीको स्वामित्व ७०.३६ प्रतिशत र सर्वसाधारण समूहको स्वामित्व २९.६४ प्रतिशत रहेकाले सर्वसाधारणतर्फको हिस्सा बढाई ३० प्रतिशत पुर्याउनका लागि संस्थाले एफपीओ जारी गरेको हो ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .png) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                