काठमाण्डौ । सूर्योदय वोमी लघुवित्तको एफपीओमा मागको तुलनामा निकै धरै आवेदन परेको छ । निष्कासन भएको अन्तिम दिनसम्म संस्थाको एफपीओमा ५१० गुणा बढी आवेदन परेको छ ।
सीडीएसीको तथ्यांकअनुसार यो एफपीओ खरिदका लागि १६ लाख ५६ हजार ८२६ आवेदकहरुबाट २ अर्ब ३८ करोड ३७ लाख ९० हजार रुपैयाँबराबरको २ करोड ३८ लाख ३७ हजार ९०० कित्ता सेयरका लागि आवेदन माग भएको छ ।
संस्थाले गत शुक्रबारदेखि कुल ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४६ हजार ७२९.५४५० कित्ता एफपीओ सेयर निष्कासन गरेको छ । यसमा ४ हजार ६७३ जनाले १० कित्ताका दरले एफपीओ सेयर पाउने छन् । यस हिसाबले १६ लाख ५२ हजार १५३ जनाको हात खाली हुने भएको छ । यो एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको थियो ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                