आईतवार, असार १,२०८२ 09:03:54
  • आईतवार, असार १,२०८२ 09:03:54
Global IME Bank Limited

जापानको सेयर बजारले गर्यो पुनरागमन, अधिकांश एशियाली बजारमा समेत सुधार

Hyundai Nepal
जापानको सेयर बजारले गर्यो पुनरागमन, अधिकांश एशियाली बजारमा समेत सुधार
Nabil Bank Limited

काठमाण्डौ । जापानको सेयर बजारले पुनरागमन गरेको छ । विगत केही दिनदेखि घटिरहेको जापानको निक्की२२५ पुनःउकालो लाग्न थालेको छ ।  

आज निक्की २ प्रतिशत अर्थात ७४९ अंकले बढेर ३८ हजार ४१५ विन्दुमा पुगेको छ । यस्तै आज टोपिक्स इन्डेक्स पनि २.०२ प्रतिशतले बढेको छ ।  

जापानको केन्द्रीय बैंकले देशको मौद्रिक नीतिसम्बिन्धी महत्वपूर्ण निर्णय लिनु एक साताअघि जापानको सेयर बजारमा सुधार आएको छ । यस्तै आज जापाी येन डलरको तुलनामा ०.१८ प्रतिशतले बलियो बनेको छ । आज एक अमेरिकी डलरको मूल्य १५३.४४ येन कायम भएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज निक्की२२५ मा कारोबार भएकामध्ये मित्सुबिसी मोटरको सेयरमूल्य सर्वाधिक बढेको छ । यो कम्पनीको सेयरमूल्य ६ प्रतिशतले बढेको छ । मित्सुबिसीले सवारी सफ्टवेयरको स्तरोन्नती गर्न होन्डा–निस्सानसँग साझेदारी गर्ने खबर बाहिरिएसँगै सेयरमूल्यमा उछाल आएको हो ।  

आज एशियाका अन्य सेयर बजारमा समेत हरियाली छाएको छ । दक्षिण कोरियाको कोप्सी १.३ प्रतिशतले बढेको छ । त्यस्तै कम बजार पूँजीकरण भएका कम्पनीको कारोबार हुने कोस्डाक पनि ०.५९ प्रतिशतले बढेको छ ।  

उता हङकङको हाङ सेङ इन्डेक्स पनि १.१ प्रतिशतले बढेको छ । चीनको सीएसआई३०० भने ०.३ प्रतिशतले घट्दा अष्ट्रेलियाको एस एण्ड पी÷एएसएक्स२०० ०.८४ प्रतिशतले बढेको छ । ताइवानको सेयर बजारमा पनि १.१ प्रतिशतको सुधार देखिएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.