काठमाण्डौ । सूर्योदय वोमी लघुवित्तले प्रस्ताव गरेको लाभांश पाउन आजसम्म सेयरधनी बन्नु पर्नेछ । संस्थाले लाभांश वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि भोलि(साउन २४ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै संस्थाद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।
संस्थाले आर्थिक वर्ष २०७९/८० का लागि आफ्ना सेयरधनीहरुलाई १४.००५१४३ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने करबापतको रकम प्रदान गर्ने घोषणा गरेको छ ।
संस्थाले प्रस्ताव गरेको लाभांश वितरणको प्रस्ताव संस्थाको आगामी साउन ३२ गते आयोजना हुने १२ औं वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .png) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                