आईतवार, असार १,२०८२ 08:53:25
  • आईतवार, असार १,२०८२ 08:53:25
Global IME Bank Limited

जापानको सेयर बजारमा रौनक फर्कियो, ४ वर्षकै उच्च साप्ताहिक वृद्धि

Hyundai Nepal
जापानको सेयर बजारमा रौनक फर्कियो, ४ वर्षकै उच्च साप्ताहिक वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । जापानको सेयर बजारमा रौनक फर्किएको छ । आज जापानको सेयर बजार सूचक निक्की२२५ करिब ४ प्रतिशत अर्थात ३.६४ प्रतिशतले बढेको छ ।  

यो वृद्धिसँगै निक्की२२५ सूचक ३८ हजार ६२.६७ विन्दुमा पुगेको छ । यो साता निक्की२२५ मा देखिएको वृद्धि विगत ४ वर्षकै उच्च साप्ताहिक वृद्धि हो । यस्तै निक्की२२५ गत अगस्ट १ पछि पहिलोपटक ३८ हजार विन्दुमाथि पुगेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साप्ताहिक रुपमा यो साता निक्की२२५ सूचक ८.६७ प्रतिशतले बढेको छ । जुन सन् २०२० पछिकै उच्च हो ।  

यस्तै आज जापानको अर्को सेयर बजार सूचक टोपिक्स पनि २.९९ प्रतिशतले बढेको छ । आज यो इन्डेक्स २ हजार ६७८ विन्दुमा बन्द भएको छ । टोपिक्स यो साता ७.८६ प्रतिशतले बढेको छ । जुन सन् २०२० पछिकै उच्च साप्ताहिक उच्च हो ।  

पछिल्लो समय जापानको अर्थतन्त्रमा देखिएको सुधार र उपभोक्ता खर्च बढेसँगै सेयर बजारमा समेत चलायमान बनेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.