मंगलवार, जेष्ठ ५,२०८३ 01:52:26
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 01:52:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

निजी क्षेत्रमैत्री वातावरण बनाउन सांसदहरुको प्रतिबद्धता, अर्थमन्त्री भन्छन्-'काम गर्न बाधा नपुग्ने गरी नीति बनाइन्छ'

Laxmi Sunrise Bank Limited
निजी क्षेत्रमैत्री वातावरण बनाउन सांसदहरुको प्रतिबद्धता, अर्थमन्त्री भन्छन्-'काम गर्न बाधा नपुग्ने गरी नीति बनाइन्छ'
Shivam Cement

काठमाण्डौ । संघीय संसदका दुवै सदनमा प्रतिनिधित्व गर्ने सांसदहरुले निजी क्षेत्र मैत्री नीति निर्माण आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।  

नेपाल उद्योग वाणिज्य महासंघले आइतबार राजधानीमा आयोजित उक्त कार्यक्रममा उपस्थित एकसयभन्दा बढी सांसदहरुले निजी क्षेत्रलाई काम गर्न बाधा नपुग्ने गरी नीति निर्माण गरिने प्रतिबद्धता जनाएका हुन् ।  

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री बिष्णु पौडेलले लगानी अभिवृद्धि गर्न वातावरण निर्माण गरेसम्म परिवर्तन सम्भव नरहेको बताए । 

Bizshala
New Office
CG Motors

साथै उनले वर्तमान सरकार बनेयता अर्थतन्त्रका समस्या समाधानका लागि विशेष प्रयास गरिरहेको बताए ।  

निरन्तर निजी क्षेत्रसँग सम्वाद गरी उद्यमी व्यवसायीका समस्या समाधानका लागि पहल गरिरहेको बताए । तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका लागि काम गरिरहेको बताए।  

साथै, अर्थमन्त्री पौडेलले आर्थिक सुधारका लागि गठन हुने उच्चस्तरीय सुधार आयोगले अध्ययन गरी अल्प, मध्य र दीर्घकालीन सुधार गर्ने बताए । साथै सरकारले बनाउने कुनै पनि कानुन एकोहोरो ढंगले लाद्ने क्रममा नरहेको बताए ।

महासंघले संसदमा बिचाराधीन र निजी क्षेत्र सम्बद्ध करिब डेढ दर्जन कानुन सुधारमा दफावार रुपमा उद्यमी व्यवासीका सुझाव प्रस्तुत गरेको थियो ।  

विशेष अतिथि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नीतिगत सुधारका लागि लगानी सम्मेलनका बेला भएका संसोधनले वातावरण तयार पारेको बताए । उनले विशेष आर्थिक क्षेत्र र अन्य ठाउँमा पनि मझौला र ठूला उद्योगहरुको दर्ता हुने क्रम बढेको बताए ।  

पहिले निजी क्षेत्र बजेटमा सुझाव दिने मात्रै रहेकोमा हाल महासंघले निरन्तर कार्यक्रम आयोजना गरी कार्यपालिका र व्यवस्थापिकालाई झक्झक्याइरहेको बताए ।  

उर्जामन्त्री दीपक खडकाले संसदमा बिचाराधीन विद्युत र जलस्रोत विधेयकलाई लगानीमैत्री बनाउने तयारी भइरहेको बताए । उनले निजी क्षेत्रको लगानी बढाउने र प्रसारण लाइन लगायतमा निजी क्षेत्रको प्रवेशका बिषयमा पनि सरकारले छलफल गरिरहेको बताए ।  

संघीय संसद प्रतिनिधि सभाको अर्थ समितिका सभापति सन्तोष चालिसेले बैंक वित्तिय संस्था सम्बन्धी लगायतका कानुनमा छलफल भैरहेको बताउँदै यसमा वृहत छलफल गरी निर्णय गरिने बताए ।  

राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले लगानी निरुत्साहित हुने नीतिका कारण निजी क्षेत्र समस्यामा पर्ने गरेको बताए । लगानी विस्तार निजी क्षेत्रले गर्ने हुँदा उद्यमी व्यवसायीलाई निर्वाध काम गर्नसक्ने वातावरण बनाउनुपर्ने बताए ।  

कानुन न्याय तथा मानव अधिकार समिति सभापति विमला समितिले निजी क्षेत्रलाई काम गर्न कानुन बाधक नहुने बताए ।  

नेकपा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले निजी सामाजिक न्यायसहितको निजी क्षेत्रका आर्थिक गतिविधिलाई अगाडि बढाउन आप्mनो पार्टी सधैं तयार रहेको बताए ।  

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले परम्परागत रुपमै उद्यमी व्यवसायीको मान कम हुने गरेको र अहिले पनि सोही प्रवृत्ति रहेको बताए । निजी क्षेत्रलाई काम गर्ने वतावरण बनाउन निजी क्षेत्रलाई मर्यादा क्रममा समावेश गरी व्यवसायीको मनोबल बढाउनुपर्ने बताए ।

महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र फस्टाउने वतावरण बनाउन सबैको ध्यानाकर्षण गराए । निजी क्षेत्रले काम गर्न नसक्दा समस्या भएको दृष्टान्त त हामीले देखिनै सकिएको बताउँदै अध्यक्ष ढकालले कानुनसम्मत व्यवसाय गर्न अवरोध गर्न नहुने बताए ।

यसैगरी, लगानी र उत्पादन निरुत्साहित हुने गरी कानून नबनोस् भनेर कार्यक्रम आयोजना गरी सुधारको पहल गरिएको बताए ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.