आईतवार, असार १,२०८२ 08:59:05
  • आईतवार, असार १,२०८२ 08:59:05
Global IME Bank Limited

६ वर्षकै ठूलो आईपीओ ल्याउने तयारीमा जापान सरकार, ४.७ अर्ब डलर उठाउने लक्ष्य

Hyundai Nepal
६ वर्षकै ठूलो आईपीओ ल्याउने तयारीमा जापान सरकार, ४.७ अर्ब डलर उठाउने लक्ष्य
Nabil Bank Limited

काठमाण्डौ । जापान सरकारले विगत ६ वर्षकै ठूलो आईपीओ निष्कासन गर्ने भएको छ । जापानको केन्द्रीय सरकार र टोकियो सरकारले टोकियो मेट्रोका लागि संयुक्त रुपमा ४.७ अर्ब डलर(७०० अर्ब येन)बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेका हुन् ।  

यो आईपीओ ६ वर्षको अन्तरालतमा निष्कासन भएको हालसम्मकै ठूलो आईपीओ हुनेछ । टोकियो मेट्रोमा शतप्रतिशत स्वामित्व भएका केन्द्रीय सरकार र टोकियो सरकारले आईपीओको विषयमा ब्रोक्रेजह्रसँग एक साताभित्र बैठक आयोजना गर्ने र सेप्टेम्बरको मध्यसम्म टोकियो स्टक एक्सचेञ्जमा सूचीकरण गर्ने तयारी गरेका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको आधि स्वामित्व बिक्री हुने क्रममा भ्यालुएसन गर्दा ३५० अर्ब येनबराबर रकम उठ्ने जनाइएको छ । जसको आकार गत वर्ष आईपीओ निष्कासन गरेको कोसुकार्य इलेक्ट्रिकको भन्दा ठूलो हुनेछ । यो आईपीओ सफ्ट बैंक ग्रुपले सन् २०१८ मा निष्कासन गरेको आईपीओ भन्दा दोस्रो ठूलो हुनेछ ।  

टोकियो सरकारले आईपीओ बिक्री गर्ने समयतालिकाको विषयमा केन्द्र सरकारसँग छलफल भईरहेको र यसको निर्णय नभईसकेको जनाएको छ । जापानमा यसअघि सन् २०१६ मा कायुसु रेलवे सेयर बजारमा सूचीकृत भएको थियो ।  

टोकियो मेट्रो १९० किलोमिटर दुरीमा कुद्ने गर्छ र यसले दैनिक ६५ लाख यात्रु बोक्ने गर्छ । टोकियो मेट्रो सन् १९२० मा स्थापना भएको थियो ।  

टोकियो मेट्रोमा केन्द्रीय सरकारको ५३.४ प्रतिशत र टोकियो सरकारको ४६.६ प्रतिशत स्वामित्व रहेको छ । आईपीओबाट प्राप्त रकम सन् २०११ मा आएको भूकम्प तथा सुनामीका बेला जारी गरिएको बोन्डको पुनर्संरचनाका लागि उपयोग गरिनेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.