आईतवार, बैशाख १४,२०८२ 02:06:06
IME remit
  • आईतवार, बैशाख १४,२०८२ 02:06:06
IME remit
Global IME Bank Limited

हिजोका ‘घोडा कम्पनी’ आज गधा भए, ट्रेडरको रजगजले मार्केट ट्रेण्डमै परिवर्तन

Hyundai Nepal
हिजोका ‘घोडा कम्पनी’ आज गधा भए, ट्रेडरको रजगजले मार्केट ट्रेण्डमै परिवर्तन
Nabil Bank Limited

-प्रेम वली

नेपाल शेयर बजारमा नयाँ कम्पनीहरुको आगमन भइरहेको छ । नयाँ लगानीकर्ता थपिने गति पनि उस्तै छ । यसले बजारको आकार ठूलो बन्दै गएको देखाउँछ भने लगानीकर्ताको बढ्दो आकर्षण पनि । बजारको साइज ठूलो हुँदै जानु र लगानीकर्ता पनि थपिनु समग्र सेयर बजारका लागि सकारात्मक पक्ष हो ।  

दिनप्रतिदिन हाम्रो बजार पनि आधुनिक हुँदै गइरहेको छ । बजारमा अनलाइन कारोबारको सुरुवात भएको धेरै भइसक्यो । योसँगै लगानी गर्ने प्रवृति पनि परिवर्तन हुन थालेको छ । पहिले–पहिले मध्यकालीन र दीर्घकालीन लगानीकर्ता बजारमा हाबी हुन्थे भने अहिले दैनिक कारोबारीहरु हाबी हुन थालेका छन् । लगानीकर्ताभन्दा कारोबारीहरुको संख्या निकै बढ्दै गएको देखिन्छ । हुँदा–हुँदा लामो समयदेखि बजारमा दीर्घकालीन लगानीकर्ताको परिचय बनाएकाहरुले पनि आफूसँग भएको लगानीको केही न केही हिस्सा प्रयोग गरेर कारोबार(ट्रेडिङ) गर्न थालेका छन् । 

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

ट्रेडिङ(कारोबार) भनेको के हो ?

कति लगानीकर्तालाई ट्रेडिङबारे स्पष्ट नहुन पनि सक्छ । छोटो समयमा लगानी गरेर नाफा बुक गर्नुलाई ट्रेडिङ भन्ने गरिन्छ । लगानीकर्ताले थोरै समय अलिकति फाइदा हुनेबित्तिकै आफूसँग भएको सेयर बेचेर नाफा बुक गर्न सक्दछन् ।  

ट्रेडिङ र लगानीकर्तामा के फरक छ  ?

हुन त दुवै लगानीकर्ता नै हुन् । ट्रेडरले कुन कम्पनी चलेको छ, कुन कम्पनीको कारोबारको भोलुम चलेको छ भनेर हेर्छ भने लगानीकर्ताले कुन कम्पनीले राम्रो प्रतिफल दिनसक्छ भनेर हेर्ने गर्छ । लगानीकर्ताले कम्पनीको आधारभूत पक्षलाई हेर्छ भने ट्रेडरले टेक्निकल पक्षलाई हेर्ने गर्छ । लगानीकर्ताले शेयरलाई लामो समयसम्म होल्ड गर्नुपर्ने भएकाले उसले अब्बल कम्पनीलाई मात्र छान्नुपर्ने हुन्छ । तर ट्रेडरले तत्काल कुद्ने घोडा हेर्छ र लगानी गर्छ । थोरै नाफा आउनेबित्तिकै त्यो कम्पनी छोडेर अर्को कम्पनीतिर लाग्छ । लगानीकर्ताले कम्पनीले दिने डिभिडेन्डलाई हेर्छ भने ट्रेडरले बजार तथा कम्पनीहरुको ट्रेन्डलाई हेर्छ ।    

किन बजारमा ट्रेडर हाबी हुँदैछन् ?

अहिले बजारमा किन ट्रेडर हाबी हुँदैछन् त भन्ने प्रश्नको जवाफमा यो समयको माग पनि हुनसक्छ भन्न सकिन्छ । मान्छेलाई  लामो समय लगानी गरेर कुर्ने अवस्था नहुन पनि सक्छ । कतिलाई ट्रेड गरेर छिटोछरितो पैसो कमाउने दाउ पनि हुनसक्छ । नेपालमा ट्रेडिङ अभ्यास भर्खर नै सुरु भएकाले टाठाबाँठालाई यो कमाउने अवसर पनि बनिरहेको छ ।  

के ट्रेडरले लगानीकर्ताले जस्तो पैसा बनाउनसक्छ ?

शेयर बजारको सिद्धान्तअनुसार पक्कै पनि दीर्घकालीन लगानीकर्ताले जस्तो ट्रेडरले पैसा बनाउन सक्दैन । तर नेपालमा अहिले कम्पनीहरुको अवस्था हेर्दा दीर्घकालीन लगानीकर्तालाइ पनि गाह्रो हुनसक्छ । राम्रो भनेर दीर्घकालीन योजनामा राखेको कम्पनीले केही नदिने अवस्था बन्न थालेको छ । यसले दीर्घकालीन लगानीकर्ता हतोत्साही बनाउँदै गरेको देखिन्छ ।  

कुनै बेला ब्लु चिप कम्पनी मानिएको नेपाल लाइफ इन्स्योरेन्स, नवील बैंक, हिमालयन डिस्टीलरीकै कुरा गर्ने हो भने यी कम्पनी जसले महङ्गोमा किनेर होल्ड गरे, आज यी सबै कम्पनीले लगानीकर्तालाई हावा खुवाइदिएको अवस्था छ  । भबिष्य के होला भन्ने आँकलन गर्नसक्ने अवस्था छैन । आज कुन बैंक छ, जसले भोलि राम्रो रिटर्न दिन सकोस् ? सहजै भन्न सकिन्छ ः छैन । हिजो वा आज ब्लुचिप भनिएका कम्पनीहरुको अवस्था भोलि के हुन्छ, नेपालको सेयर बजारमा भन्न गाह्रो छ ।  

नेपालमा बिनायोजना पूँजी वृद्धि गर्ने चलन छ । जुन कम्पनीले पूँजी वृद्धि गर्छ, त्यो थला नै परेको अवस्था छ । यसले गर्दा दीर्घकालीन लगानीकर्ता कम्पनी र तिनले दिने रिटर्नप्रति सशंकित बन्न थालेका छन् ।  

अहिलेका ट्रेडरहरु अधिकांश युवा जमात छ । उनीहरुलाई यहाँ कुनै कम्पनीले सधै प्रगति गर्छ भन्ने न बिश्वास छ न कुनै निश्चितता नै । आज घोडा भनेर पालेको कम्पनी भोलि गधा भएर निस्कनसक्छ । यही नियति आज लगानीकर्ताले पनि भोगिरहनु परेको छ । त्यसकारण पनि आज लगानी गरेर आजै कमाउने सोंचमा नयाँ खेलाडी लागेका हुनसक्छन् र यो प्रवृति बजारमा हाबी हुँदै गएको देखिन्छ ।  

ट्रेडरका लागि न कुनै कम्पनीको राम्रो ब्यालेन्ससिट चाहिन्छ, न त कुनै फन्डामेन्टल विश्लेषण नै । उसले चलाउनसक्ने कम्पनी भए पुग्छ । जसले गर्दा उ ठूलै जोखिम मोलेर यस्ता कम्पनीको पछि लाग्छ । त्यसकारण नयाँ ट्रेडरले यसको मूल्य र मान्यता नबुझी लाग्ने हो भने भोलि यसको शिकार पनि हुने अवस्था बन्छ।

ट्रेडिङ अति जोखिमपूर्ण कारोबार हो । भनिन्छ १०० जनामा  ५ जनाले कमाउन सक्छन् भने बाँकी ९५ जनाले  गुमाउने अवस्था हुन्छ । तर ट्रेडर राम्रो जानकार बनेर काम गर्दा ट्रेडिङबाट पनि नकमाउने भन्ने कुरा हुँदैन । यसका लागि ट्रेडर टेक्निकल इण्डिकेटर र मार्केटको चालबारे राम्रो जानकार हुनु पर्छ । भनिन्छ जहाँ बढी कमाई छ, त्यहाँ रिस्क पनि धेरै नै हुन्छ । ट्रेडिङ गर्नेले अरुको भनाइमा लागेर गर्नुभन्दा पनि आफूले राम्रो दक्षता हासिल गर्ने, नजानुञ्जेल सानो लगानीबाट कारोबार गर्ने गर्नुपर्छ। यस्तो रणनीतिले जोखिम पनि कम हुन्छ र सिकाई पनि राम्रो हुनसक्छ ।  

शेयर बजार भनेको दुईचार घुट्का पानी नखाई नसिकिने ठाउँ हो । अनुभवी र बिज्ञबाट सिकेर ट्रेडिङमा लाग्दा कमाउने सम्भावना बढाउन सकिन्छ । दीर्घकालीन लगानी एउटा ताल हो भने ट्रेडिङ त्रिसुली नदी हो । सीप हुनले दुबैमा मनग्य माछा मार्नसक्छन्, तर सीप नहुनेलाई दुबै जोखिम हुनसक्छ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.