आईतवार, असार १,२०८२ 09:05:41
  • आईतवार, असार १,२०८२ 09:05:41
Global IME Bank Limited

अमेरिकी सेयर बजार किर्तिमानी उचाईमा, लगानीकर्ताको मनोबल बलियो बन्दै

Hyundai Nepal
अमेरिकी सेयर बजार किर्तिमानी उचाईमा, लगानीकर्ताको मनोबल बलियो बन्दै
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी सेयर बजार किर्तिमानी उचाईमा पुगेको छ । अमेरिकी सेयर बजार मापक इन्डेक्स डाउ सोमबार ०.२ प्रतिशत अर्थात ६५ अंकले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।  

यससँगै डाउ इनडेक्स ४१ हजार २४१ विन्दुमा पुगेको छ । यो उचाई हालसम्मकै उच्च हो । उता एस एण्ड पी५०० सूचक भने ०.३ प्रतिशत र नास्डक कम्पोजिट पनि ०.९ प्रतिशतले घटेका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो महिना विश्व सेयर बजार निकै उचारचढावपूर्ण रह्यो । अगस्टको सुरुवाततिर जापानको सेयर बजार निक्की२२५ मा भारी गिरावट आएको थियो भने अमेरिकी सेयर बजार पनि मन्दीको भयका कारण घटेको थियो । ठूला र दिग्गज टेक कम्पनीहरुको मिश्रित आम्दानी प्रतिवेदनका कारण समेत अमेरिका लगायतका सेयर बजार झरेका थिए ।  

तर एक सातापश्चात अवस्था फेरिएको छ । अमेरिकाका तीनवटै प्रमुख स्टक मार्केटले घाटालाई परिपूर्ति गरेका छन् । केही भने मासिक वृद्धिको बाटोमा समेत अग्रसर भईरहेका छन् । मुद्रास्फिती विस्तारै कम हुने अवस्थामा रहेको र फेडरल रिजर्भले आगामी महिनाका लागि ब्याजदर कटौती गर्ने सम्भावनाकाबीच लगानीकर्तामा आशा पलाएको छ ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.