आईतवार, असार १,२०८२ 08:48:52
  • आईतवार, असार १,२०८२ 08:48:52
Global IME Bank Limited

अमेरिकी सेयर बजारमा बहार, कम मूल्य र पूँजी भएका कम्पनी लगानीकर्ताको रोजाइमा पर्दै

Hyundai Nepal
अमेरिकी सेयर बजारमा बहार, कम मूल्य र पूँजी भएका कम्पनी लगानीकर्ताको रोजाइमा पर्दै
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी सेयरबजारमा हरियाली छाएको छ । पछिल्लो कारोबारमा ३ वटै अमेरिकी सेयर बजार सूचक वृद्धि भएका छन् ।  

अमेरिकी एस एण्ड पी५०० इन्डेक्स १.०१ प्रतिशतले बढ्दै ५ हजार ६४८.४० विन्दुमा बन्द भएको छ । यस्तै नास्डक कम्पोजिट इन्डेक्स पनि १.१३ प्रतिशतले बढ्दै १७ हजार ७१३.६२ विन्दुमा बन्द भएको छ ।  

डो जोन्स इन्डस्ट्रियल  एभरेज पनि ०.५५ प्रतिशतले बढेर ४१ हजार ५६३.०८ विन्दुमा पुगेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अमेरिकी सेयर बजारको वृद्धिले टेक कम्पनीहरुको सेयरमूल्यमा गिरावट आएर निराश बनिरहेका लगानीकर्तामा उत्साह भरिदिएको छ । अमेरिकी लगानीकर्ता यतिबेला रोजगार सम्बन्धी डेटा र फेडलर रिजर्भले गर्ने ब्याजदर कटौतीको प्रतिक्षमा छन् ।  

एनभिडिया र एप्पल जस्ता ठूला कम्पनीको सेयरमूल्यमा आईरहेको तीव्र उतारचढावका कारण अमेरिकी लगानीकर्ता यतिबेला कम मूल्य र कम पूँजी भएका कम्पनीहरुमा लगानी गर्न थालेको रोयटर्सले जनाएको छ । ब्याजदर कटौतीको फाइदा यस्ता कम्पनीलाई पुग्ने भएकाले यी कम्पनीहरु लगानीकर्ताको रोजाइमा पर्न थालेका छन् ।  

फेडरेल रिजर्भले आगामी सेप्टेम्बर १७ र १८ गते आयोजना हुने मौद्रिक नीति त्रैठकमा ब्याजदर कटौती चक्रको सुरुवात गर्न बताइएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.