बुधबार, श्रावण १४,२०८२ 05:54:15
  • बुधबार, श्रावण १४,२०८२ 05:54:15
Global IME Bank Limited

प्रभु महालक्ष्मी लाइफको २१.९६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

Hyundai Nepal
प्रभु महालक्ष्मी लाइफको २१.९६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य  कति ?
Shivam Cement

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि २१ लाख ९६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

कम्पनीका संस्थापक सेयरधनीहरुको लागि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ । सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक लगानीकर्ताले कमलादी काठमाण्डौमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।  

आवेदन पेश गर्दा न्यूनतम २ लाख कित्ता वा सो भन्दा बढी प्रति कित्ता न्यूनतम २०३ रुपैयाँमा नघट्ने गरी आवेदन पेश गर्नु पर्नेछ ।  

निर्धारित समयभित्र कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.