सानिमा बैंकले प्रतिष्ठित आईएसओ २७००१ः२०२२ अवार्ड पाएको छ । बैंकले सूचना प्रविधि सम्बन्धी सेवाहरूका लागि र आन्तरिक तथा बाह्य ग्राहकलाई बैंकिङ क्षेत्रमा सुरक्षित र गुणस्तरीय सेवाहरूका लागि उक्त अवर्डा पाएको हो ।
बैंकले यो प्रमाणीकरण सूचना सुरक्षा र डेटा सुरक्षा सुनिश्चित गर्ने निरन्तर प्रयासमा स्वरुप प्राप्त भएको जनाएको छ । यस्तै बैंकले ग्राहकको डाटा र आफ्नो प्रणालीको सुरक्षालाई सधैं प्राथमिकतामा राखेको जनाएको छ ।
आइएसओ २७००१ प्रमाणीकरण प्रक्रियाले बैंकको सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस)लाई मूल्याङ्कन गर्ने गर्दछ । सानिमा बैंकले उत्कृष्ठ वित्तीय सेवाहरू प्रदान गर्दै निरन्तर नवप्रवर्तनलाई बढावा दिँदै आफ्ना ग्राहकहरूको डेटा र सूचनाको सुरक्षा र गोपनीयतालाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ ।
बैंकले ७ वटै प्रदेशमा १३३ कार्यालय र १२४ एटीएम सञ्जालबाट बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .png) 
                                        (236).jpg) 
                                        .jpg) 
                                        (1)(2)(3).png) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                