मंगलवार, जेष्ठ ५,२०८३ 08:12:39
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 08:12:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सुनले रेकर्डमाथि रेकर्ड बनाउँदा हीराको मूल्यमा पहिरो, कारण यस्तो

Laxmi Sunrise Bank Limited
सुनले रेकर्डमाथि रेकर्ड बनाउँदा हीराको मूल्यमा पहिरो, कारण यस्तो
Shivam Cement

हीरा सधैंको लागि हो .....। तपाईंले यो लाइन सुन्नु भएकै होला । यो नारा हिराबाट बनेका गहनाहरुको विज्ञापन बनाउँदा अत्यन्त धेरै प्रयोग हुने गरेको छ । तर अहिले कथा फेरिएको छ । हीरा सधैंभरि हिराको रुपमा रहेन। कुनै समय महिमाले चम्केको सुनको चमकरुपी हिरा अहिले सेलाउँदै गएको छ । पछिल्ला केही वर्षयता यसको मूल्य निरन्तर ओरालो लागेको छ । पछिल्लो दुई वर्षमा ४० प्रतिशतभन्दा बढीले हिराको मूल्य घटिसकेको मिडिया रिपोर्टहरुमा उल्लेख गरिएको छ ।  

Bizshala
New Office
CG Motors

हीराको मूल्य घट्नुमा धेरै कारणहरू बाहिर आएका छन्। पहिलो कारण यो हो कि मानिसहरूले यसलाई सुरक्षित लगानी मान्दैनन्। सुरक्षित लगानीको हिसाबले सुनले लामो यात्रा तय गरेको छ ।  

यसैबीच रुस–युक्रेन र इजरायल–इरान युद्धका कारण मानिसले लगानीका लागि हिराको सट्टा सुनलाई प्राथमिकता दिइरहेका छन् ।

अर्कोतर्फ, हीराको पुनर्विक्रय मूल्य(रिसेल भ्यालू) निकै कम छ। यस्तो अवस्थामा यसलाई लगानीकर्ताको रूपमा राख्नु घाटाको सम्झौता मानिन्छ। यही कारणले पनि मानिसहरु यसलाई किन्न बेवास्ता गरिरहेका छन् ।  

यसबाहेक अमेरिका र युरोपलगायत धेरै देशहरू अहिले आर्थिक मन्दीको सामना गरिरहेका छन् । यस्तो अवस्थामा यी देशहरूमा पनि हीराको माग घटेको छ ।

हिराको कम बिक्रीका कारण यसको उत्पादन पनि घटेको छ । केही रिपोर्टका अनुसार गत वर्षको तुलनामा अगस्टमा यसको उत्पादनमा ४७ प्रतिशतले कमी आएको छ । यो ६४२.३ मिलियन डलरमा सीमित बन्न पुग्यो । यो नोभेम्बर २०२३ पछिको सबैभन्दा कम कारोबार हो।

Garima Development Bank
Shivam Cement
IME remit

कारोबार घटेका कारण व्यवसायीले १० प्रतिशतसम्म घाटा बेहोर्नु परेको छ ।  

भारतको सबैभन्दा ठूलो हीराको व्यापार गुजरातको सूरतमा हुन्छ। यहाँ हिरा काट्ने र पालिस गर्ने काम हुन्छ । सूरतका यी कारखानाहरूमा करिब १५ लाख मानिस काम गर्छन्। मन्दीका कारण यहाँ काम गर्नेलाई घरबार चलाउन समस्या भइरहेको छ।

विज्ञहरुका अनुसार विश्वको वर्तमान अवस्थाका कारण हिराको व्यवसायमा मन्दी आएको छ । यस्तो अवस्था आगामी दिनमा अझै बढ्ने देखिन्छ ।  

भारतबाट उत्खनन् हुने कुल हिरामध्ये ३० देखि ४० प्रतिशत अमेरिका मात्र निर्यात हुने विज्ञहरू बताउँछन् । नेपालमा पनि यस्तै हिरा आयात हुने हो । यहाँ हिराको बजार खासै चम्किन सकेको छैन ।  

अमेरिका अहिले मन्दीबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा त्यहाँका मानिसहरु हिरा किन्न इच्छुक देखिएका छन् । मन्दी समाप्त भएपछि, हीराको माग फेरि बढ्ने झीनो आशा मात्र अब बाँकी छ।

-एजेन्सीहरुको सहयोग

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.