आईतवार, असार १,२०८२ 09:09:07
  • आईतवार, असार १,२०८२ 09:09:07
Global IME Bank Limited

दलदलेमा दिगो ई–स्टपको औपचारिक उद्घाटन

Hyundai Nepal
दलदलेमा दिगो ई–स्टपको औपचारिक उद्घाटन
Nabil Bank Limited

काठमाण्डौ । दिगो ग्रुपले आफ्नो तेस्रो ई–स्टपको मंसिर २ गते औपचारिक उद्घाटन कार्यक्रम गरेर दलदलेमा सञ्चालनमा ल्याएको छ । नवलपरासीको दलदलेमा रहेको सो ई–स्टपमा सडक यात्रुको लागि रेस्टुरेन्टको सुविधाको साथै सार्वजनिक विद्युतीय सवारीसाधनको लागि २ वटा जीबी/टी चार्जर जडान गरिएको छ भने निजि सवारीसाधनलाई पनि मध्यनजर गरेर सीसीएस २.० चार्जरको पनि जडान गरिएको छ । दल्दलेको साथै दिगो ई(स्टप रामटार र कुरिन्टारमा सञ्चालन भईरहेको छ ।

उद्घाटन कार्यक्रममा दिगो ग्रुपका प्रमुख कार्यकारी अधिकृत, सौरब श्रेष्ठले यस ई–स्टपको स्थापनामा खुशी ब्यक्त गर्दै भने, ‘ई–स्टपको तेस्रो संस्करण दलदलेमा  संचालनपछि यस राजमार्गको यात्रुहरुलाई निकै उद्धार हुनेछ । यस ई–स्टपले महेन्द्र राजमार्गमा बढिरहेको विद्युतीय सवारीसाधनलाई चर्जिङ्ग को सुविधा दिन्छ र रेस्टुरेन्टले भने यात्रुलाई पनि सफा र मिठो खानाको साथ् सुलभ सुविधा दिनेछ ।’  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सोही उद्घाटन समारोहमा दिगो ग्रुपको अध्यक्ष, राजन रायमाझीले अतिथि र साझेदारहरूप्रति कृतज्ञता व्यक्त गर्दै भने, ‘दिगो ई–स्टपले नेपाली राजमार्गको यात्रामा नयाँ युगको सुरुवात ल्याएको छ । दिगो ई–स्टप एउटा पिट स्टप मात्र होइन, यो एक दर्शन हो। हामी कार्बन उत्सर्जन घटाउन सक्रिय रूपमा योगदान गर्दै यात्रा सुविधाको लागि समर्पित छौं। ’

दलदलेमा दिगो ई–स्टपले आधुनिक यात्रीहरूको आवश्यकता पूरा गर्न डिजाइन गरिएका सेवाहरू प्रदान गर्दछ। यसको मूल भागमा उन्नत ईभी चार्जिङ स्टेशनहरू छन् । जसले विद्युतीय सवारी साधनहरू सधैं सडकमा छन् भनी सुनिश्चित गर्दछ। यस सुविधामा यात्रुहरूलाई सफा र स्वच्छ खानाहरू प्रदान गर्ने रमाईलो रेस्टुरेन्ट पनि छ। थप रूपमा, यात्रुहरूले सफा र पहुँचयोग्य सार्वजनिक शौचालयको आनन्द लिन सक्ने कम्पनीले जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.