आईतवार, असार १,२०८२ 08:54:08
  • आईतवार, असार १,२०८२ 08:54:08
Global IME Bank Limited

नेटा कारको उत्पादन, वितरण र सर्भिसमा समस्या छैनः होजोन अटो

Hyundai Nepal
नेटा कारको उत्पादन, वितरण र सर्भिसमा समस्या छैनः होजोन अटो
Nabil Bank Limited

काठमाण्डौ । इलेक्ट्रिक कार उत्पादक चिनियाँ कम्पनी होजोन अटोले नेपाली बजारमा समेत लोकप्रिय नेटा ब्राण्डका गाडी उत्पादन र वितरणमा कुनै समस्या नरहेको स्पष्ट पारेको छ । होजोन अटोले प्रेस विज्ञप्ती जारी गर्दै नेटाको उत्पादन र अन्तर्राष्ट्रिय बजारमा भइरहेको वितरणमा कुनै समस्या नरहेको जनाएको हो ।  

‘हामी सुनिश्चित गर्न चाहान्छौँ कि नेटाको उत्पादन र अन्तर्राष्ट्रिय वितरणमा कुनै समस्या छैन । नेपालसहित विश्व बजारमा हाम्रा उत्पादनहरूको नियमित आपूर्ति भइरहेको छ ।’

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

होजोन अटोले नेपालमा सीजीमोटर्ससँगको साझेदारीमा नेपाली बजारमा नेटा कारहरूउत्साहजन रुपमा वितरण भईरहेको जानकारी दिदै नेपाली उपभोक्ताबाट पाएको स्नेहका लागि नेटाकोतर्फबाट आभार व्यक्त गरेको छ । ‘हामी हाम्रा उपभोक्ताको बिक्रिपछिको अनुभवलाई धेरै महत्व दिन्छौँ । नेपालको आधिकारीक बिक्रेता सिजी मोर्टसमार्फत बिक्री भएका गाडीहरुमा न्युनतम १० वर्षसम्म स्पेयर्स पार्टस उपलब्ध गराउने प्रतिबद्धता जनाउछौं,’ नेटाहोजोन अटो चाईनाले उल्लेख गरेको छ ।

नेपालका केही मिडियामा नेटा सम्बन्धी नकारात्मक समाचार आए लगत्तै होजोन अटोले बिगतका समाचारहरुमा सत्यता नरहेकाे भन्दै आफ्ना उपभोक्तालाई विश्वसनीय सेवाको प्रतिवद्धतासहित प्रेस विज्ञप्ति जारी गरेको हो ।  

होजोन अटोले पछिल्लो समयमा चीनका स्थानीय सरकारी निकायसँग साझेदारी गरेर आफ्नो वित्तिय र व्यवस्थापनपक्षलाई थप बलियो एवं प्रभावकारी बनाएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.