आईतवार, असार १,२०८२ 10:45:45
  • आईतवार, असार १,२०८२ 10:45:45
Global IME Bank Limited

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३ वटा वायुसेवाले अन्तर्राष्ट्रिय उडान स्थगन गर्दै

Hyundai Nepal
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३ वटा वायुसेवाले अन्तर्राष्ट्रिय उडान स्थगन गर्दै
Nabil Bank Limited

काठमाण्डौ । मौसममा आएको खराबीका कारण तीनवटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा केही समयलाई उडान स्थगन गर्ने भएका छन् ।

बाक्लो हुस्सुका कारण मोसममा खराबी आएको कारण देखाृँउँदै जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले उडान स्थगन गर्ने लिखित जानकारी दिएका हुन् । केही दिनयता अन्तर्राष्ट्रिय विमान भैरहवामा अवतरण हुन नसकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट भइरहेका छन् । विमानस्थल आसपास रहेका सिमन्ट उद्योग, इँटा कारखानाको निस्कने धुँवा र चिसोका कारण हुस्सुको मात्रा बढ्दा विमानहरुलाई अवरणमा समस्या भईरहेको जनाइएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नागरिक उड्डयन प्राधिकरणले भने विमान कम्पनीहरुलाई दिउँसो वा रातिको समयमा उडान गर्न अनुरोध गरेको छ । हाल भैरहवाको बिहानको भिजिबिलिटी १ हजारदेखि १२ सय मिटर हाराहारी रहेको छ । जुन साना एटीआरदेखि ठूला जेट विमान अवतरणका लागि पर्याप्त होइन ।  

साना एटीआरदेखि ठूला जेट विमान अवतरणका लागि न्यूनतम १८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.