आईतवार, जेष्ठ ३,२०८३ 03:39:38
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 03:39:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

लघुवित्तहरुले कमाए रु.७.२४ अर्ब नाफा, एनपीएलमा भने देखिएन सुधार

इपीएस र लाभांश क्षमता कुनको कति ?

Laxmi Sunrise Bank Limited
लघुवित्तहरुले कमाए रु.७.२४ अर्ब नाफा, एनपीएलमा भने देखिएन सुधार
Shivam Cement

काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुको नाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश लघुवित्तको नाफामा अप्रत्याशित सुधार देखिएको हो ।  

तेस्रो त्रैमाससम्म ५० लघुवित्त संस्थाले कुल ७ अर्ब २४ करोड ४४८ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ४३.१६ प्रतिशत बढी हो ।  

गत आवको तेस्रो त्रैमाससम्म लघुवित्त संस्थाहरुले कुल ५ अर्ब ६ करोड ७ लाख रुपैयाँ नाफा कमाएका थिए ।  

लघुवित्त संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले दिएको कर्जा पुनर्संरचना र पुनर्तालिकीकरणको व्यवस्थाले संस्थाहरुको नाफा वृद्धिमा टेवा पुगेको हो । तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाहरुको औसत ब्याज आम्दानीसँगै नाफा बढेको छ । राष्ट्र बैंकले ऋणीले ५ प्रतिशत ब्याज तिरेर कर्जा पुनर्संरचना गर्न पाउने व्यवस्थाले बैंकहरुको ब्याज आम्दानीमा सुधार देखिएर नाफा बढ्न पुगेको देखिन्छ ।  

केही संस्थाहरुको भने इम्पेयरमेन्ट चार्ज अर्थात् प्रोभिजनिङ गर्नुपर्ने रकम गत आवको तुलनामा घट्दा नाफा बढाउन सफल भएको देखिएको छ ।  

तेस्रो त्रैमाससम्म अधिकांश लघुवित्त संस्थाहरुले नाफा बढाएका छन् भने सीमित संस्थाको मात्रै घटेको छ ।  

सबैभन्दा बढी नाफा कमाउनेमा छिमेक लघुवित्त रहेको छ । यो संस्थाले तेस्रो त्रैमाससम्म ९० करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा ६.२० प्रतिशत बढी हो ।  

सो अवधिसम्म विजय लघुवित्त संस्था मात्रै घाटामा देखिएको छ । संस्थाले तेस्रो त्रैमाससम्म २ करोड ६७ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।  

Bizshala
New Office
CG Motors

एनपीएलमा देखिएन सुधार  

लघुवित्त संस्थाहरुको नाफामा सुधार देखिएपनि यता खराब कर्जा अनुपात (एनपीएल)को अवस्था भने सन्तोषजनक छैन ।

तेस्रो त्रैमाससम्म ९ संस्थाले मात्रै एनपीएल घटाएका छन् भने बाँकी सबैको उल्लेख्य बढेको छ ।  

नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको एनपीएलको अवस्था ५ प्रतिशत भएमा मात्रै उक्त संस्थाको वित्तीय अवस्था स्वस्थ रहेको मानिन्छ । तर वित्तीय विवरणअनुसार तेस्रो त्रैमाससम्म ९ संस्थाको एनपीएल मात्रै ५ प्रतिशत भन्दा कम देखिएको छ ।  

राष्ट्र बैंकले वित्तीय संस्थाहरुको कर्जा असुलीमा समस्या देखिएपछि २०८० असारमा उक निर्देशन जारी गर्दै लघुवित्तबाट लिएको ऋण तिर्न नसकेका ग्राहकहरुलाई ऋण भुक्तान अवधि १ वर्ष थप गरी कर्जाको पु्नर्संरचना वा पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था गरेको थियो ।  

तर राष्ट्र बैंकले ल्याएको यस्तो सुहलियतका वाबजुत पनि लघुवित्त संस्थाहरुले आफ्नो खराब कर्जा अनुपातको अवस्था सुधार गर्न सकेका छैनन् ।  

Garima Development Bank
Shivam Cement
IME remit

लाभांश क्षमता कुनको कति ?  

तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश लघुवित्त संस्थाको लाभांश क्षमता उत्कृष्ट देखिएको छ ।  

सो अवधिसम्म १३ संस्थाको लाभांश क्षमता ऋणात्मक देखिएको छ भने बाँकी सबैको धनात्मक रहेको छ ।  

सबैभन्दा धेरै लाभांश क्षमता छिमेक लघुवित्तको ७२.१८ प्रतिशत रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको एनपीएल र पूँजीकोष अनुपातको आधारमा २५ प्रतिशतसम्म लाभांश दिन पाउने व्यवस्था गरेको छ ।  

संस्थाहरुको लाभांश क्षमता २५ प्रतिशतभन्दा माथि भएतापनि नेपाल राष्ट्र बैंकले तोकेको एनपीएल र पूँजीकोष भएमा मात्रै २५ प्रतिशतसम्म लाभांश बाँड्न पाउनेछन् ।  

तेस्रो त्रैमाससम्म ११ लघुवित्तको लाभांश क्षमता २५ प्रतिशत वा सो भन्दा बढी रहेको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.