बुधबार, असार १७,२०८३ 08:23:59
Bizshala
  • बुधबार, असार १७,२०८३ 08:23:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मेक्सिकोमा विश्वकपको जितको उत्सव मनाउने क्रममा ३ जनाको मृत्यु

Laxmi Sunrise Bank Limited
मेक्सिकोमा विश्वकपको जितको उत्सव मनाउने क्रममा ३ जनाको मृत्यु

काठमाण्डौ । मेक्सिकोमा विश्वकप फुटबलमा जितको उत्साह मनाउने क्रममा ३ जनाको मृत्यु भएको छ । बुधबार मेक्सिको र इक्वेडरबीच भएको खेलमा मेक्सिकोले जित हात पारेसँगै उत्साह मनाउने क्रममा मेक्सिकोका ३ जना समर्थकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा १९ वर्षिय एक युवतीसहित ४८ वर्षिय महिला र ४४ वर्षिय पुरुष रहेका छन् । उनीहरुको भिडमा निसासिएर मृत्यु भएको जनाइएको छ । इक्वेडरलाई २–० गोल अन्तरले पराजित गरेसँगै ठूलो भिड खेल आयोजना स्थल  मेक्सिको सिटीतर्फ अघि बढेको थियो । सोही भिडमा च्यापिएर ३ जनाले ज्यान गुमाएका हुन् ।

New Office
CG Motors
Garima Development Bank

खेलका क्रममा १० लाख बढी मानिसहरु मुख्य गरी एन्जल अफ इन्डिपेन्डेन्सको प्रतिमा भएको शहरको मुख्य चोकमा उत्रिएका थिए । मेक्सिकोले ४० वर्षमा पहिलोपटक नकआउट चरणको खेल जितेको खुसीयाली साट्न भेला भएका थिए ।

शहरकी मेयर क्लारा बुरुगाडाले मृतकप्रति श्रद्धान्जली व्यक्त गर्दै प्रभावित परिवारका सदस्यहरुलाई भविष्यमा सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गरिन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.